इलामको छब्बीसेमा सशस्त्र प्रहरीको बीओपी स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध जीवन शैली प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि


शान्ति सुरक्षा कायम हुने बिश्वास


फिक्कल:: इलामको नेपाल भारत सीमा क्षेत्रको छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।
जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर ४ को सीमावर्ती मेची बजारमा एक कार्यक्रमका बिच शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।
नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुँने यी क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संयुक्त रुपमा बीओपीको उद्घाटन गर्नु भयो ।
बीओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले स्थानीय समुदायले बीओपी स्थापना गर्न गरेको योगदान सराहनीय रहेको बताउदै स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफु मातहतका प्रहरीलाई निर्देशन समेत दिनु भयो ।
उहाले भन्नु भयो ‘शसस्त्र प्रहरीले सीमाना , भोगोल र स्थानीयबासीको रक्षा गर्ने हो ।’ उहाले सीमा क्षेत्रमा साना तीना समस्या आए दुई देश बिच ज्वाईन्ट सर्भे गरेर हल गर्नु पर्ने बताउनु भयो ।‘सीमानामा दुबै तर्फ सामीप्यता हुन जरुरी छ तर, ब्यपारीक कारोबारका अवैध धन्दा भने हुन दिन्नौ ’ दाहालले भन्नु भयो ।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संघीयता कार्यान्वयन संगै सरकारले सीमानामा सुरक्षाको महसुस गरी बीओपी स्थापना गर्न थालेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘तीन तहका सरकारका सक्रियताका कारण सीमानामा सुरक्षा मजबुत बन्दै आएको छ ।’ प्रजिअ सेडाईले उक्त क्षेत्रमा बीओपीको स्थाई संरचना निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको जानकारी दिनु भयो ।
उहाले स्थानीय स्तरको सीमा रक्षा , शान्ति सुरक्षा र नागरीकको रक्षाका लागि स्थानीय सरकार नै बढी जिम्मेवार बन्नु पर्ने बताउनु भयो । प्रजिअ सेढाईले कोरोनाको त्रास जारी रहेकाले सीमा बासीलाई सर्तक भएर बस्न आग्रह गर्नु भयो ।
यस्तै सूर्योदय नगरपालिका ४ का वडाध्यक्ष मधुसुधन लामिछानेले सीमानामा बिभिन्न समस्या झेल्दै आएका सीमाबासीमा शसस्त्रको बीओपी स्थापनाले खुसी छाएको बताउनु भयो । उक्त कार्यक्रममा भारतको बंगाल प्रहरीका अधिकारीको समेत सहभागीता रहेको थियो ।
उक्त अवसरमा एक बर्ष सम्म उक्त स्थानको बीओपी राख्न निशुल्क घर उपलब्ध गराउने मिरा राईलाई सम्मान गरिएको थियो । उक्त स्थानको बीओपीका लागि १५ रोपनी जमिन प्रक्रियामा ल्याउने काम भैरहेको जनाईएको छ ।
भारत तर्फ सीमा क्षेत्रमा प्रत्येक तीनरतीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमी अतिक्रमण बढनुका बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुधीर जंग थापाले भारत संग सीमाना जोडीएका यी क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना भए पछि उक्त क्षेत्र भएर हुँने अवैध गतिबिधि रोक्न सकिने जानकारी दिनु भयो । ‘हामी सीमा रक्षाका लागि आधार तयार गर्न रातदिन खटेका छौ’थापाले भन्नु भयो ।
थापाका अनुसार इलामका सीमावतर्ती क्षेत्रमा स्थापना हुने ६ वटा बीओपी मध्ये सलपुर र समालबुङमा यस अघि नै स्थापना भै कार्य संचालन भैरहेको छ । अव चाडै जौवारी र कालपोखरीमा बीओपी स्थापना गरिने उहाले जानकारी दिनु भयो ।
सन्दकपुर लगायतका सीमा वर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्नका लागि ती क्षेत्रमा समेत जमिन र अस्थाई बसोबासका लागि संरचना खोजी गर्ने काम भैरहेको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक नविन खतिवडाले जानकारी दिनु भयो ।
इलाममा केहि सयय अघि सरुवा भई आउनु भएका सशस्त्र प्रहरी उपरीक्षक थापा र बीओपी पशुपतिनगर आउनु भएका सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बीओपी राख्नका लागि सीमा क्षेत्रका ६ वटै स्थानमा पुगेर पहल गर्नु भएको थियो ।
एसपी थापाले बिओपी स्थापना संगै भारतीय सुरक्षा निकाय संग समेत सम्बन्ध सुधार र संयुक्त गस्तीका काम समेत अगाडी बढाईएको जानकारी दिनु भएको छ । छब्बीसे पुग्न श्री अन्तुबाट नेपाल तर्फको ४ किलोमिटर सडक पार गर्नु पर्ने भए पनि बर्षाका कारण सडक बिग्रीएकाले पशुपतिनगरबाट ७ मिलोमिटर भारतीय सडक प्रयोग गरी पुग्न सकिन्छ ।
इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा बिवाद रहेको छ । छब्बीसे , हिले पुलखोला , सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गर्दे आएका छन ।



Leave a Reply

Your email address will not be published.