इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति बिवरण सार्वजनिक

  • 38
    Shares
इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति बिवरण सार्वजनिक

फिक्कल: इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति बिवरण सार्वजनिक गरिएको छ । इलाम जिल्लाका सबै सरकारी कार्यालय , स्थानीय तह तथा सार्वजनिक निकायका प्रमुखको बैठकका अवसरमा शुक्रबार जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति बिवरण सार्वजनिक गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको अध्यक्षतामा सम्पन्न बैठकका अवसरमा जिल्ला प्रशासन कार्यालय, इलामले संयोजन र विश्लेषण गरेको पुस्तिका इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थिति विवरण, २०७७ को विमोचन समेत गरिएको छ । उक्त पुस्तकको बिमोचन जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले संयुक्त रुपमा गर्नु भयो ।
जिल्लाका कुल ६७ सार्वजनिक निकायहरुको गत वर्ष र चालु आर्थिक वर्षमा सम्पन्न गरिएका र हुने कार्यहरु सविस्तार रुपमा समेटिएको पुस्तिकाले सरोकारवाला निकायहरु र व्यक्तिहरुलाई लाभ दिई सेवा प्रवाह र विकास निर्माणका कार्यमा सुधार हुने जिल्ला प्रशासन कार्यालयले अपेक्षा गरेको छ । उक्त कार्यक्रममा जिसस प्रमुख बरालले जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको उक्त पुस्तका जिल्लाकै लागि मार्गदर्शक बन्ने बताउनु भयो ।
उक्त कार्यक्रममा प्रजिअ सेढाईले स्थायी सरकारको पहिचान बोकेर जनतालाई दिने सेवा र सुविधा तथा विकास निर्माणको कार्यमा अनुशासित, इमान्दार र कर्मशील भै काम गर्न निर्देशन दिनु भयो ।निर्वाचनको मितिको घोषणासँगै सबै राष्ट्रसेवकले आफूलाई तयारी अवस्थामा राख्न, विकास निर्माणमा संलग्न आयोजना र कार्यलय प्रमुखले जिल्ला बाहिर जाँदा प्रजिअबाट स्वीकृती लिएर जान, कार्यालयमा नियमित उपस्थित, समयपालना, अनुशासन र सेवाग्राही प्रतिको सकारात्मक व्यवहार हुन निर्देशन दिईएको छ ।उक्त पुस्तिकाका साथ साथै इलाम जिल्लासँग सरोकार राख्ने सबै सार्वजनिक निकायहरु, स्थानीय प्रशासनसँग सम्बद्ध निकायहरु र अन्य उद्यमीहरु सबैको सम्पर्क खुलेको टेलिफोन डायरी पनि जिल्ला प्रशासन कार्यालय इलामले प्रकाशन गरी वितरण गरेको छ । कोभिड १९ को संक्रमण सामान्यीकरण हुँदै गएको वर्तमान अवस्थामा इलाम जिल्लाका कार्यालय प्रमुखहरुको बैठक हरेक महिनाको ५ गते बस्ने निर्णय समेत गरेको छ ।