मोटरसाइकल दुर्घटनामा इलामका पत्रकार खतिवडा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा इलामका पत्रकार खतिवडा गम्भीर घाइते

इलाम:मोटरसाइल दुर्घटनामा परी इलामका क्रियाशील पत्रकार टीका खतिवडा गम्भीर घाइते भएका छन् । बिहीबार मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल अनियन्त्रित भई खतिवडा घाइते भएका हुन । इलाम सदरमुकामकै नारायणस्थान–पीपलवोटे सडकमा खतिवडा दुर्घटनामा परेका थिए ।
उनको झापाको बी एण्ड सी अस्पतालमा सफल शल्याक्रिया भएको छ । दुर्घटनामा परेका खतिवडाको कम्भरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको थियो । शुक्रबार बिहाननै उनको फियोको शल्याक्रिया गरिएको अस्पतालले जनाएको छ । उपचारामा सहयोग गर्न इलामका पत्रकारले आर्थीक सङ्कलन समेत गरिरहेका छन । पत्रकार महासंघ इलाम शाखाले पत्रकार उपचार कोषबाट १० हजार सहयोग गरेको छ । यस्तै अन्य संचार संस्था र ब्यक्तिगत रुपमा समेत सहयोग संकलन भैरहेको छ ।
उपचारका लागि खर्च जुटाउन सिद्धार्थ बैङ्क इलामको खाता नं ०३४१५२२१७५१ मा अप्सरा सुवेदी खतिवडाको नाममा सङ्कलन गरिदिन अनुरोध गरिएको छ । खतिवडा राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, कारोबार दैनिकलगायत सन्चारमाध्यममा कार्यरत छन ।खतिवडा नेपाल प्रेस युनियन इलाम शाखाका सचिव समेत हुन ।