सूर्योदय नगरपालिकाको स्थानीय पाठ्यक्रम २०७७ लोकार्पण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि स्वास्थ्य/शिक्षा

फिक्कल : सूर्योदय नगरपालिका इलामले स्थानीय पाठ्यक्रम २०७७ सार्वजनिक गरेको छ । नगर क्षेत्रका ९० सामुदायिक र संस्थागत विद्यालयमा आगामी बर्षबाट लागु हुन गरी कक्षा १ देखि ८ सम्मको लागि परिक्षणको लागि तयार पारिएको पाठ्यक्रम आज सार्वजनिक गरेको हो ।
नगर प्रमुख रणबहादु राईको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा शिक्षाविद्ध डा विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा त्रिवि विद्या परिषदका स्थायी सदस्य डा कमल गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी कोइरालाले भर्चुअल मार्फत नगरले तयार पारेको पाठ्यक्रमको बारेमा आफ्नो विवेचना प्रस्तुत गरे ।
पाठ्यक्रममा रहेको बिषयबस्तु र भएका कमी कमजोरीको बारेमा कोइरालले धारणा राखेका थिए । उनले बहुभाषि र बहुसंस्कृति रहेको नेपालमा भाषा लिपि स्थानान्तरणको माध्यम पाठ्यक्रममा समेटिनुपर्ने धारणा राखे । कोइरालाले सबै धर्म र संस्कृतिको सारलाई जोड्न सके शिक्षण सिकाईको उपलब्धी देखिने भएकाले भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि गौतमले पाठ्याक्रम गतिशिल रहेकाले आवश्यक सामाग्रीहरु थप्दै विद्यार्थीहरुलाई स्थानीय स्तरका सम्भाव्यता र स्रोतलाई अधिकतम उपयोग गर्न सकिने बताए ।
उनले शिक्षाको आधार र जगका आधारमा शिक्षण सिकाईले उपार्जनमा सहयोग पु¥याउनका साथै स्थानीय परिवेशलाई उदाहरण पाठ्यक्रमका लागि सहयोगी रहेको बताए । प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै करफोक माविका गणेश प्रसाद आचार्यले पाठ्याक्रम शिक्षण सिकाईको लागि उपयोगी हुने बताए ।
पाठ्याक्रम निर्माण समितीका सदस्य समेत रहेका आचार्यले १ बर्ष लामो प्रयास पछि पाठ्यक्रम तयार पारिएको बताए । उनले शिक्षकहरु माझ पाठ्यपुस्तक लेखन तालिम आयोजना गरेर कक्षाकोठामा लागु गरिने बताए ।
नगरका सल्लाहकार जेबी फिलिहाङले नगर क्षेत्रका सबै जातजातिका संस्कार, संस्कृति, पहिचान र अन्य सम्भाव्यतालाई सहि ढंगले समेट्न सके पाठ्यक्रमले सार्थकता पाउने बताए । उनले लामो समय लगाएर गरिएको उपलब्धीलाई सहि ढंगले कार्यान्वयन गरे योगदानको अर्थ लाग्ने बताए ।
पाठ्यक्रम निर्माण समितीका सदस्य वंशिधर दाहालले शिक्षाको विश्वव्यापी सिद्धान्त अनुसार राष्ट्रिय पाठ्यक्रमले सबै बिषय समेट्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रमको अवधारणा अघि सारिएको बताए । उनले देश संघीयतामा गएपछि संविधानले स्थानीय पाठ्यक्रम तयार गरेर लागु गर्न सक्ने व्यवस्था गरे अनुसार गत फागुन २ गते विज्ञहरुसंगको छलफलबाट पाठ्यक्रम तयार पारिएको बताए ।
स्थानीय व्यवसायिकतालाई जोड दिएको बताउँदै दाहालले व्यवहार र जिवन उपयोगी पद्धती लागु गर्न सकौ भनेर पाठ्यक्रम तयार पारिएको बताए । बरिष्ठ पत्रकार केदार शर्माले विश्व चिनाउने नाममा पछिल्लो समय आफ्नो क्षेत्र नै विर्सिएकोले स्थानीय पाठ्यक्रम अनुसार अध्यापन गराउने कार्य सराहनीय भएको बताए । उनले स्थानीयतालाई आधार बनाएर तयार पारिएको पाठ्यक्रमले शिक्षा क्षेत्रमा नगरको सम्भाव्यतालाई सबै माझ पु¥याउन सहयोगी रहने बताए ।
निजि तथा आवासिय विद्यालय एसोसिएन ९प्याब्सन० प्रदेश एकका अध्यक्षय युवराज बाशिष्ठले स्थानीयताको बारेमा अनविज्ञता रहेको कारण स्थानीय पाठ्यक्रमको आवश्यकता रहेको बताए । उनले प्रदेश एकमै सूर्योदयले पहिलो पटक लागु गराउने प्रयास गरेको पाठ्यक्रमले शिक्षाको क्षेत्रमा नौलो आयाम रहेको बताए ।
पाठ्यक्रम सम्बन्धी विज्ञ विवेक बिनयले स्थानीय पाठ्यक्रम संविधानको कार्यान्वयको काम रहेको बताए । उनले संविधानले स्थानीय सरकारलाई प्रद्धत गरेको अधिकार मध्ये स्थानीय शिक्षा ऐन बनाउन सक्ने प्रावधान अनुसार पाठ्यक्रम रहेको बताए । आफ्नो स्थानीय परिवेश थाहा पाउन पाठ्यक्रम सहयोगी हुने उनले बताए । शिक्षा समन्वय इकाई प्रमुख शम्भु थापाले राष्ट्रिय पाठ्यक्रमले सबै कुरा समेट्न नसक्ने भएकाले देखेका र भोगेका अनुभवलाई परिपुर्ती गर्नका लागि स्थानीय पाठ्यक्र सहयोगी रहेको बताए । उनले यसअघि स्थानीय पाठ्यक्रम बनाउने प्रयास भएपनि कार्यान्वय चरणमा देखिएका चुनौतीका कारण सफल हुन नसकेको बताउँदै अभिभावकहरुको अंग्रेजी मोहका कारण समस्या थपिएको बताए ।
कार्यक्रममा कार्यशालामा सहभागी र पाठ्यक्रम निर्माण कार्यमा लाग्ने समितीका सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै नगर प्रमुख रणबहादुर राईले स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न हुँदा इतिहास रचेको अनुभुती भएको बताए । उनले आगामी कार्यक्रमका रुपमा पाठ्यपुस्तक लेखन तालिम संचालन गरिने बताए ।
नगर प्रमुख राईले दिगो विकास लक्ष्यमा शिक्षा क्षेत्रलाई समेत समेटिएकोले यसलाई पुर्ण कार्यान्वयन गर्न सफल भए नगरको समृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले लामो समयको प्रयासपछि बनेको पाठ्यक्रम कार्यान्वयका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको बताए ।
उनले आगामी आर्थिक बर्षबाट नगर क्षेत्रको एउटा विद्यालयलाई नमुनाको रुपमा छनौट गर्दै सिपयुक्त विद्यार्थी उत्पादनको कार्यमा अघि बढेको बताए । राईले छानिएका विद्यार्थीहरुलाई होस्टल र शिक्षा उपयोगी सम्पुर्ण सामाग्री प्रदान गर्दै राष्ट्रलाई शिपयुक्त जनशक्ति दिन सूर्योदय नगर तत्पर रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले स्वागत मन्तव्य र शिक्षा शाखाका प्राविधिक सहायक नविनराज पौडेलले संचालन गरेका थिए ।लोकल शन्देशबाट

Leave a Reply

Your email address will not be published.