इलाममा एक दिने ट्राफिक सचेतना

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि

इलाम : जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा सोमबार एक दिने ट्राफिक सचेतना कार्यक्रमा सम्पन्न भएको छ ।

यातायात ब्यवस्था सेवा कार्यालय इलाम र पुर्वेली जिप तथा ट्याक्सि ब्यवसायी प्रालि इलामको सहकार्यमा जिल्ला समन्वय समितिको हलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक नविनराज राईले सडक बमोजिमको गति, सडक रेखा, ट्राफिक चिन्ह, दुर्घटनाका कारण, ब्लाइन्ड स्पट, सुरक्षित दुरी लगायतको बिषय वस्तुहरुमा चालक तथा सह(चालकहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा यातायात ब्यवस्था सेवा कार्यालय इलामका प्रमुख छबिलाल खतिवडा समेतले आफ्नो भनाई राखेका थिए ।कार्यक्रमको अत्यमा चालक तथा सहचालकहरुले आ(आफ्नोजिज्ञासा समेत राखेका थिए

Leave a Reply

Your email address will not be published.