ग्रामीण पर्यटन उद्यम र सूचना प्रविधि

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि

गोपाल पौड्याल:

उद्यम,ब्यवसायका धेरै प्रकारहरु मध्ये पर्यटन उद्योग पनि एक संवेदनशिल उद्यम हो । आफ्नो गाउँ,घर वा जिल्ला भन्दा वाहिरवाट आएका जो कोहि पनि हाम्रो यस पर्यटन उद्यमका ग्राहक हुन सक्तछन्। विशेषतः यस्ता प्रकारका पाहुनाहरुलाई हामिले आफ्नो थाक,थलोमा प्रयोग गरिने खाद्यन्नहरुको परिकार,संकार,रितिरिवाज,रहनसहन,घरहरुको वनावट र वास वसिने कोठाहरु अदि, हाम्रो क्षेत्र वा गाउँको मुख्य विशेषताको रुपमा हाम्रा ग्रहाकहरुले लिएका हुन्छन् । जस्तैः घर वासहरुको र्निमाण गर्दा, अत्याधुनिक विलडिङ्गहरु नै वनाउनु पर्छ भन्ने छैन ।
हाम्रो गाउँको चलन,चल्तिका घरहरुलाई नै क्षमताको आधारमा आर्कषक वनाउन सकिन्छ । कमेरे माटो वा रातो माटोले पोतेको घर,इकडा गरिएको घर,फुसको छादन भएको घर,खोसेल्टाका पिरा,गुन्द्रि अदिका विछाउनाहरु भएका घरहरु, आदिलाई नै हामि सरसफाइमा र पौराणिक सोचमा केहि सुधार गरौ भने यसैलाई हाम्रा ग्रहाकहरुले अत्याधुनिक ठान्ने वा यसैमा रम्ने र जम्ने गैर्दछन् ।
ग्रामिण पर्यटन उद्यमहरु ग्रामीण पर्यटनले ग्रामीण इलाकाहरुमा सञ्चालनमा आएको पर्यटन उद्योगलाई जनाउने गर्दछ । ग्रामीण पर्यटन सहरी पर्यटन वा ठूलो स्केलमा सञ्चालमा आएको पर्यटन भन्दा छुट्टै प्रकारको पर्यटनलाई संकेत गर्दछ ,भने अर्को अर्थमा ग्रामीण पर्यटन ग्रामीण जीवनशैली, ग्रामीण उत्पादन , ग्रामीण भू–खण्ड ग्रामीण रहन सहन र चालचलन ग्रामीण प्रविधि, ग्रामीण सेवा तथा सुविधाहरु जस्ता पक्षहरुमा आधारित भई सञ्चालनमा ल्याइएको पर्यटन ग्रामीण पर्यटन हो ।
ग्रामीण पर्यटन ठूलो स्केलमा सञ्चालनमा ल्याइएको पर्यटनभन्दा फरक हुनुमा ग्रामीण पर्यटनका केही छुट्टै मौलिक विशेषताहरु पनि हुनु हो । ग्रामीण पर्यटनमा अत्याधुनिक सेवा तथा सुविधाहरुको सट्टा ग्रामीण जीवनका मौलिक सुविधाहरुको प्रयोग गरिएको हुन्छ भने ग्रामीण स्तरका उत्पादनहरुको प्रयोगमा विशेष महत्व दिने गरिन्छ ।
सहर वा आधुनिक सेवाहरुबाट आनन्द लिन चाहने पर्यटकहरुले सहरको वातावरण मन नपराउन सक्दछन् । यसको अर्थ ग्रामीण पर्यटनमा रमाउने पर्यटकहरुले सहरको ठूलो स्केलको पर्यटनमा रमाउन सक्दैनन् भन्ने भने होइन तर पर्यटकहरुको स्वभावमा फरक पर्ने गर्दछ। ग्रामीण पर्यटन अत्याधुनिक सेवा सहितको पर्यटन नभएका कारण यस पर्यटनमा रमाउनका लागि ग्रामीण जनजीवन र ग्रामीण वातावरण मनपराउने पर्यटक हुनु आवश्यक हुन्छ ।
काठमाडौंको ठमेलमा पाइने सेवा तथा सुविधाहरु कुनै पर्यटकले श्रीअन्तुको गाउँमा गएर प्राप्त गर्न खोज्यो भने वा भनौ त्यसै प्रकारको सेवा विना ऊ त्यहाँ बस्न सकेन भने उसलाई ग्रामीण पर्यटनको पर्यटकको रुपमा लिन सकिदैन । जहाँसम्म ग्रामीण पर्यटनमा सूचना प्रविधिको प्रयोगको कुरा छ यो एक अपरिहार्य तत्वमा पर्दछ । ग्रामीण पर्यटनका गन्तव्यहरु सामान्यतया भौगोलिक रुपमा कठिन भू–भागहरुमा अवस्थित हुन्छन् ।
सहरमा जस्तो सुविधाहरु ग्रामीण पर्यटनका गन्तव्यस्थलहरुमा पाइदैनन् । त्यसैले सूचना प्रविधिको प्रयोगले मात्र भौगोलिक रुपमा टाढा र कठिन अवस्थामा रहेको गन्तव्यस्थललाई नजिक बनाउन सकिन्छ । ग्रामीण पर्यटनका गन्तव्यउस्थलहरुमा जान चाहने पर्यटकहरुले पनि आधुनिक सूचना प्रविधिको प्रयोग गरी पर्याप्त जानकारीहरु प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना गर्नाले पर्यटकहरुको संङ्ख्यामा उल्लेख्य बृद्धि गर्न सकिन्छ भने अर्कोतिर ग्रामीण पर्यटनका गन्तव्इहरु राष्ट्रिय रुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत परिचित हुने अवसर प्राप्त गर्न सक्दछन् ।ग्रामीण पर्यटनका लागि अति उपयोगी हुनसक्ने सूचना प्रविधिहरुमा इन्टरनेट, मोवाइल फोन, तार सहितको फोन, रेडियो, टेलिभिजन आदि पर्दटन् ।
ग्रामीण पर्यटनका गन्तव्यस्थलहरुले इन्टरनेटको माध्यमबाट पर्यटकहरुको आगमनलाई निश्चित गर्न सक्ने हुनुले पर्यटनमा उच्च प्रकारको सूचना प्रविधिको प्रयोग भएको संकेत गदृछ । हाल नेपालका ग्रामीण पर्यटनका गन्तव्यस्थलहरु यस प्रकारको सूचना प्रविधिको प्रयोग गर्न सकिरहेका छैनन् वा भनौं यस प्रकारको सूचना प्रविधिको विकास भइसकेको छैन् ।
नेपालका रहेक गाउँ विकास समितिले इन्टरनेटको सरल तरिकाबाट सुलभ मूल्यमा यपयोग गर्न सक्ने भए भने मात्र नेपालका हरेक ग्रामीण पयृटनका गन्तव्यहरुमा आधुनिक सूचना प्रविधिको प्रयोग भएको मान्न सकिन्छ । ग्रामीण पर्यटनका गन्तव्यहरुमा आधुनिक पहुँच विस्तारका लागि सरकार तथा अन्य सरोकारवाला निकायहरुको ध्यान समयमै पुग्नाले राष्ट्रिय विकासको लक्ष्यसहित पर्यटन विकास तथा विस्तारको हासिल गर्ने दिशामा वरदान सावित हुने थियो ।
आधुनिक सूचना प्रविधिको प्रयोगले भौगोलिक रुपमा खण्ड–खण्ड भएका स्थलहरुलाई एउटै मालामा गाँसी राष्ट्रिय विकासको मार्गमा अग्रसर गराउन सकिन्छ । ग्रामीण पर्यटनका गन्तव्यस्थलहरुलाई आधुनिक सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउनाले त्यस क्षेत्रको विकास तथा विस्तारका लागि सरकार तथा सरोकारवाल निकायहरुले गदै आएको कार्यवोझमा पनि कटौति हुन सक्दछ ।
उनीहरु आफ्नो स्थानको विकासका लागि आँफै अन्तरािष्ट्रय बजारमा सम्बन्ध स्थापना गर्न सक्दछन् । भने पर्यटकहरुलाइए पनि आफ्नो सेवा तथा सुविधाहरुको विवरण उपलब्ध गराई यात्रा वा भ्रमणका लागि समय, स्थान र सेवाहरुको आक्षरक्षण गर्न उत्प्रेरित गर्न सक्दछन् । त्यसैले ग्रामीण पर्यटनमा सूचना प्रविधिको प्रयोग अन्य पर्यटनका गनत्व्यस्थलहरुमा भन्दा अपरिहार्य मान्न सकिन्छ । यस्तै,पर्यटन उद्योगमा कम्प्यूटर एउटा मुख्य व्यवस्थापकीय उपकरणका रुपमा स्थापित भइसकेको छ।
यस उपकरणले निकै छोटो समयमा तथ्यहरुलाई विश्लेषण गर्न सक्दछ भने यसलाई गणित, विज्ञान, प्रविधि, योजना निर्माण र विश्लेषणले मानिसले गर्ने कार्यहरु निकै छिटो कार्यहरुका लागि उपयोग गर्न सकिन्छ । यस उपकरणले मानिसले गर्ने कार्यहरु निकै छिटो सरल र विश्वासनीय रुपमा पुरा गरिदिन सक्दछ । पर्यटन उद्योगका लागि यस उपकरणले सूचना सम्प्रेषण, सूचनाहरको प्राप्ती र भण्डारण, सूचनाहरुको निर्माण, तथ्यहरुको विश्लेषण, विज्ञापनको विश्वव्यापीकरण , पर्यटकहरुका लागि आवश्यक सूचनाहरुको सङ्कलन र सम्प्रेषण, भ्रमण प्याकेजहरुको निर्माण, सम्प्रेषण, हवाई तथा जमिनमा सञ्चालित यातायातका साधनहरुको टिकटको अग्रिम आरक्षण, होटलहरुको आरक्षण गर्ने जस्ता असङ्ख्या कार्यहरुमा सहयोग पु¥याउने गर्दछ। यसरि नै,आजको समयमा प्रायः सबै हवाई सेवा प्रदायकहरुको कम्प्युटर प्रविधि प्रयोगमा ल्याएका छन् ।
यात्रीहरुको सङ्ख्या तथा सेवालाई नियन्त्रण र नियमित गर्न कम्प्यूटर प्रविधिले निकै ठूलो सहयोग पु¥याउदै आएको छ। हवाईसेवामा दिनानुदिन बढ्दै गएको यात्रुहरुको सङ्ख्यालाई छिटो, सरल र सुविधायुक्त सेवाको विस्तारमा कम्प्यूटरले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यस प्रविधिबाट हवाई यात्रीहरुले विश्वको कुनै ठाउँबाट सिट आरक्षण सरल तरिकाले यात्रा गर्न सक्दछन् । यस हवाईसिट आरक्षण गर्न सकिने कम्प्यूटरको कम्पनीले विभिन्न यन्त्रहरुको विकास गरी सञ्चालनमा ल्याएका छन् ।
यस्ता उपकरण वा प्रविधिहरुमा सुधार हुने क्रम जारी रहुनु स्वभाविक हो । यसको प्रमुख उद्देश्य हवाई यात्रीहरुलाई छिटो, सरल र शुलभ तरिकाले विश्वको कुनैपनि ठाउँबाट टिकट आरक्षण गर्न सकिने बनाउने रहेको पाइन्छ । हाल निकै प्रचलनमा रहेको कमप्यूटर राइज एयरलाइन्स प्रणालिले यात्रीहरु तथा सेवाप्रदाय बायुसेवा कम्पनीहरुको कार्यबोझ अथवा अनावश्यक झण्झटलाई निकै व्यवस्थित र सरल बनाइदिएको छ। यस प्रणालीको प्रयोगबाट यात्रा गर्न चाहिने र यात्राका लागि आवश्यक सिटहरु उपलब्ध गराउने दुवै पक्षहरुको सुविधालाई वुद्धि गरिएको छ ।
आजको समयमा यात्रा गर्न चाहिने व्यक्तिहरुले आफ्नै वासस्थानबाट आवश्यक सिटहरु आरक्षण गरी यात्राको प्रवन्धत्र मिलाउन सक्दछन् भने सेवा प्रदायकहरुले विश्वका कुनैपनि मानिसलाई आफ्नो सेवाबाट सिटहरु उपलब्ध गराउन सक्दछन् ।आजको आधुनकि संसारमा ट्राभलसँग सम्बन्धित नियोगहरुमा कम्प्यूटर प्रविधिको प्रयोग अत्यावश्यक भएको छ भने प्रयोग पनि निकै व्पायक रुपमा हुँदै आइरहेको छ। ट्राभल एजेन्सीहरुले उनीहरुले प्रदान गर्ने सेवाहरु कम्प्यूटर प्रविधि गरी वेवसाइटमा राख्नाले त्यसबाट कुनै क्षेत्र, राष्ट्र, प्राप्त, विशेषमा मात्र नभई सम्पूर्ण विश्वमा नै ती सेवाहरुको बारेमा जानकारी पुग्न सक्दछ ।
कम्प्यूटर प्रविधिको प्रयोगबाट सेवादायीहरुले उनीहरुलाई आवश्यक परेको सूचना तथा सेवाको बारेमा सजिलै जानकारी लिनुका साथै आवश्यक परेको सूचना, भ्रमण प्याकेज, सुविधा, हवाई तथा स्थल यातायातको सिटको आरक्षण, भाडादर आदि जस्ता जानकारीहरु प्राप्त गरी उचित लागेका प्याकेजहरु अग्रिमरुपमा आरक्षण गर्न र आफ्नो भ्मणको योजना निर्माण गर्न सक्दछन् ।ट्राभल एजेन्सीहरुमा जस्तै होटलहरुमा पनि कम्प्यूटर प्रविधिको प्रयोग व्यापक रुपमा हुँदै आइरहेको छ।
होटल वा ट्राभल एजेन्सीहरुमा ग्राहकहरुको मुख्य श्रोतका रुपमा सूचना प्रविधिलाई लिइएको हुन्छ जसका लागि कम्प्यूटर प्रयोग अत्यावश्यक छ । होटलहरुमा कम्प्यूटर प्रविधिको प्रयोग गर्नाले समय र श्रम दुवैको बचत हुनुका साथै ग्राहकहरुलाई चाहेको समयमा सूचना प्रदान गर्न सकिन्छ । कम्प्युर प्रविधिको प्रयोग गरी वेवसाइट सञ्चालनमा ल्याउनाले होटलहरुको ग्राहक खोज्ने झण्झट पनि कम भएर जान सक्दछ ।
आजको युगमा पर्यटकहरु राख्ने होटलहरुले आफ्नो वेवसाइटमा आफ्ना सेवा, सुविधा, स्तरीय, आरक्षण दर होटल अवस्थित रहेको स्थान आदिको विवरण राख्नाले उनीहरुको व्यवसाय पनि फस्टाउन सक्दछ भने अर्कोतिर ग्राहकहरुलाई वा भनौ होटलमा आउने पाहुनाहरुलाई होटल खोज्ने झण्झट पनि पर्दैैन । आजको प्रविधिको युगमा जुन होटलको आरक्षण कम्प्यूटर प्रविधिको प्रयोगबाट गर्न सकिन्छ । त्यसैमा महिनौ अगाडीबाट आरक्षण गर्ने प्रचलन व्यापक हुँदै गइरहेको छ।
होटलहरुमा कम्प्यूटर प्रविधिको प्रयोगले पाहुनाहरुको आगमन, व्यवस्थित रुपमा होटलको सञ्चालन, पाहुनाहरुलाई प्रदान गर्नुपर्ने सेवाहरुको व्यवस्थापन, अन्य ट्राभल एजेन्सी तथा होटलहरुसँग समन्वय र सहकार्य, क्रेडिटकार्डबाट होटल सेवा सञ्चालन आदि जस्ता थुप्रै फाइदाहरु लिन सकिन्छ ।आजको प्रविधिको युगमा सबैतिर कम्प्यूटर प्रविधि वा अन्य सूचना प्रविधिहरुको प्रयोग गर्नु आवश्यक हुन्छ तर जन सेवा असिमित ग्राहक तथा यात्रुहरुले प्रयोग गर्ने खालका छन् तिनीहरुमा कम्प्यूटर प्रविधि अत्यावश्यक हुन्छ ।
कम्प्यूटर प्रविधिबाट सूचनाहरुको आदान–प्रदान गर्नाले सेवालिन चाहने सेवाग्राहीहरुलाई निकै सजिलो हुने गर्दछ । जसबाट सेवा प्रदायकहरु पनि लाभान्वित हुन सक्दछन् । रेलवे तथा अन्य यातायातका साधनहरु प्रदान गर्ने एजेन्सीहरुले कम्प्यूटर र इन्टरनेट प्रविधिको प्रयोग गर्नाले उनीहरुको सेवा सम्बन्भी सूचना विश्वव्यापी बन्न सक्दछ र सेवा लिन चाहनेहरुले आफ्नै स्थानबाट आरक्षण गर्न पाउँछन् ।
इलाम जस्तो विधुत उत्पादनशिल क्षेत्रका हरेक गाउँ,घरमा कम्प्यूटर तथा ताररहित इन्टरनेट वा इन्टरनेट संचालन गर्न सकिने मोवाइल जस्ता प्रविधिहरुसँग समेत अझै धेरै नजिकिदै जानेहो भने इलामका नगदे वालिहरुको आम्दानि जस्तै विस्तारै गाउँ,वस्तिहरुमा समेत पर्यटन उद्यम÷ब्यवसायको माध्यमवाट उद्यमहरु संचालन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.