नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता, ३ बुँदे सहमति

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि

इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लागि आगामी चैत पिहलो साता हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् ।

शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमतिपत्रमा नेपाल प्रेस युनियनका तर्फबाट निर्वाचन समन्वय समितिका संयोजक विप्लव भट्टराई र सदस्यहरु सोम सुसेली र प्रभाकर प्रधान तथा प्रेस नेपालका तर्फबाट संवाद समितिका राम योङहाङले संयसक्त रुपमा  हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लालि हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता गर्ने उल्लेख छ ।

त्यस्तै दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखालाई व्यवसायिक/श्रमजीवि पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।

तेस्रो बुँदामा जिल्लामा रहेका अन्य संगठनहरुसँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न दुवै संगठनको तर्फबाट आह्य्वान गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिपत्रमा दुई संगठनले कार्यगत एकता गर्ने उल्लेख गरेको भएपनि कसरी गर्ने भन्ने उल्लेख छैन । कुन संगठनले कुन पद लिने भनेर पदको भागवण्डा समेत गरिएको छैन ।

अन्य संगठनहरुँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न सहजताका लागि तत्काल पद बाँडफाँड नगरिएको दुवै संगठनले जनाएका छन् ।

तर नेपाल प्रेस युनियन र प्रेस नेपालले यसअघि नै छुट्टाछुट्टै पदमा उम्मेद्वार घोषणा गरिसकेका छन् । प्रेस युनियनले पत्रकार विप्लव भट्टराईलाई अध्यक्ष पदमा र प्रेस नेपालले पत्रकार राम योङहाङलाई सचिव पदमा उम्मेद्वारी बनाउने निर्णय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.