प्रेस संगठन इलामको संयोजकमा पराजुली र सचिवमा ढकाल

  • 79
    Shares
प्रेस संगठन इलामको संयोजकमा पराजुली र सचिवमा ढकाल

इलाम : नेपाली प्रगतिशील श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको इलाम संयोजकमा रमेश पराजुली र सचिवमा नमीन ढकाल चयन भएका छन् । ६ माघमा सम्पन्न दोस्रो राष्ट्रिय भेला र १५ फागुनमा सम्पन्न प्रदेशको दोस्रो भेलाले प्रेस सङ्गठन नेपाल प्रदेश १ कमिटीको पुनर्गठनबाट पराजुली र ढकालले जिम्मेवारी पाएका हुन् ।

इलामको सहसंयोजकमा बुद्धमाया सोङ्मी र याम माबोहाङ चयन भएका छन् । झापा संयोजकमा सुब्रत न्यौपाने, ताप्लेजुङमा कमलप्रसाद भट्टराई, पाँचथरमा गणेश साम्पाङ, सुनसरी संयोजकमा अर्जुन शर्मा, उदयपुरमा ईश्वरकुमार तामाङ, भोजपुरमा राजन राई, खोटाङमा सूर्य तामाङ, संखुवासभा संयोजकमा अनिश विष्ट चयन भएका छन् ।

यसैगरी धनकुटा संयोजकमा ईश्वर थापा, तेह्रथुममा कृष्ण विदुखी, ओखलढुङ्गामा मनोज भट्टराई र सोलुखुम्बुमा भोजराज कार्की चयन भएका छन् । पुनर्गठित संगठनको प्रदेश कमिटिमा इलामबाट राजेश पराजुली र युवराज पिसीको नाम इलाबाट थप भएको छ । केन्द्रिय कमिटीमा लक्ष्मीप्रसाद मिश्र सिफारिस भएका छन् । संगठनले आगामी फागुन २० गते इलाममा जिल्ला भेलाको आयोजना गरेर कमिटीलाई पुर्णता दिने तयारी गरेको छ ।