इलामको चुलाचुलीमा अव्यवस्थित भूमिको लगत संकलन थालिदै

इलामको चुलाचुलीमा अव्यवस्थित भूमिको लगत संकलन थालिदै

फिक्कल: इलामको चुलाचुली गाउँपालिकामा रहेको अव्यवस्थित भूमिको लगत संकलन गर्नका लागि संकलकहरुलाई तीन दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
भूमि व्यावस्था समस्या समाधान आयोग इलामको कार्य सम्पादनको शिलशिलामा चुलाचुली गाउँपालिकाको अव्यवस्थित भूमिको लगत संकलन गर्नका लागि कर्मचारी जनप्रतिनिधिलाई अभिमुखीकरण गराईएको हो।
गाउँपालिका अध्यक्ष प्रदीप चन्द्र राईको अध्यक्षता तथा उपाध्यक्ष निर्मला दाहाल, प्रत्येक वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य , वडा सचिव र तोकीएका निवेदन संकलकहरुको उपस्थितीमा चुलाचुली गाउँपालिकामा रहेको अव्यवस्थित भूमिको लगत संकलनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको भूमि व्यावस्था समस्या समाधान आयोग इलामका संयोजक ओमनारायण खनालले जानकारी दिनु भयो।
उक्त टोलीलाई चैत १५ गते भित्र लगत संकलन गरिसक्न समय दिएको संयोजक खनालले जानकारी दिनु भयो ।