माइजोगमाईमा राष्ट्रिय परिचय-पत्र सम्बन्धि अभिमुखिकरण

माइजोगमाईमा राष्ट्रिय परिचय-पत्र सम्बन्धि अभिमुखिकरण


फिक्कल: इलामको माइजोगमाई गाउँपालिकामा राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
रास्ट्रिय परिचय पत्र बितरण गर्ने तयारीका साथ उक्त एक दिवसीय कार्यक्रम आयोजना गरिएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको अध्यक्षता र गाउँपालिका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामकाख प्रहरी उपरीक्षक नवीनराज राई ,जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय्र अधिकृत हरि कुमार थापा , लेखापाल महेन्द्र चौहान, माइृजोगमाइृका प्रशासकीय अधिकृत भागवत रेग्मी , सबै वडाका वडा अध्यक्ष , वडा सचिबहरु, साथै अन्य सिफारिस गरिएका रुजु अधिकारी कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
गाउँपालिकामा चाडै रास्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु हुनेछ ।