माई नगरपालिकामा १० मा ७ दिने उद्घोषण तालिम शुरु

  • 56
    Shares
माई नगरपालिकामा १० मा ७ दिने उद्घोषण तालिम शुरु

फिक्कल: इलामको माईनगरपालिका १० लुम्बाकमा आजबाट ७ दिने उद्घोषण तालिम शुरु भएको छ ।
सूर्योदय सामाजिक बिकास संस्थाको आयोजनामा शुरु भएको तालिमको मार्इ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मान बहादुर बस्नेतको प्रमुख आतिथ्यततामा शुरु भएको हो ।
२७ जना प्रशिक्षर्थीको सहभागीता रहेको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, संस्थाका सल्लाहकार शिव भण्डारी, संस्थाका अध्यक्ष इन्द्र तिम्सिना, संचारकर्मी प्रेम अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै तालिममा सिकेको ज्ञान ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।
तलिममा संचारकर्मी अधिकारी सहित संचारकर्मी दिनेश महत, राजकुमार दाहाल , सिर्जना श्रेष्ठ लगायतले प्रशिक्षण दिनु हुने छ । उक्त संस्थाले यस अघि देखि नै बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।