इलामका पत्रकारद्धय सुसेली र जवेगु सम्मानित

इलामका पत्रकारद्धय सुसेली र जवेगु सम्मानित


इलाम : जुनतारा सामाजिक बिकास केन्द्र इलामले दुई पत्रकार सम्मान गरेको छ । इलामको पत्रकारितामा लामो समदेखि क्रियाशिल रहेका अग्रज पत्रकारहरु सोमनाथ सुसेली र सटेन्द्र जवेगुलाई सम्मान गरेको हो । सहकारी दिवसको अवसर पारेर दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट जनही नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरीएको हो ।
सम्मानित सुसेली नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को उपाध्यक्ष, रेडियो नेपालबाणी एफएमका स्टेशन म्यानेजर तथा इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक छन् । त्यस्तै पत्रकार जवेगु नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा इलाम पोष्ट दैनिकका सम्पादक छन् ।
केन्द्रले यो पुरस्कारबाट यसअघि पत्रकारहरु गणेश घिमिरे, ख्याम भुजेल र सविता पाण्डेलाई पुरस्कृत गरिसकेको छ ।