इलामका युवा पत्रकार नमिन ढकाल सहित ५१ जनालाई सम्मान

  • 62
    Shares
इलामका युवा पत्रकार नमिन ढकाल सहित ५१ जनालाई सम्मान

इलाम :इलामका युवा पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो । ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् ।

ढकाल सूर्योदय बाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका ह–सम्पादक हुन भने थाहा खबर, प्राइम टेलिभिजन, सूर्योदय टेलिभिजनका इलाम सम्बादाता हुन । नगरपालिकाले ढकाल सहित नगर भित्रका विभिन्न क्षेत्रमा क्रियाशिल,५१ वटा संघसंस्था, उद्यमी र समाजिक व्यत्तित्वलाई सम्ममान तथा पुरस्कृत गरेको छ ।नगरले बर्ष बरी उत्कृष्ठ काम गर्ने ५१ वटा संघ संस्थाका प्रतिनिधि र ब्यत्तिलाई सम्मान गरेको छ ।