इलामको फिक्कलमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

  • 41
    Shares
इलामको फिक्कलमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

फिक्कल: हावाहुरीका कारण बिद्युत तार खस्दा इलामको फिक्कलमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । फिक्कल बजारको झापा रोडमा मंगरबार हिड्दै गरेका बेवारीसे ब्यक्तिको करेन्ट लागेर मृत्यु भएको हो ।

५÷६ महिना देखि बेवारीसे अवस्थामा सूर्योदय नगरपालिकाको तीनघरे बजारमा बस्दै आएका मधेसी मुलका ५०÷५२ बर्षीय ती ब्यक्ति फिक्कल बजारमा तीन महिना देखि मागी खाने काम गर्दै आएका थिए ।सोमबार राती देखिको हावाहुँरीका कारण बासले तार छोएर बिद्युत सर्ड भएर तार खस्दा ती ब्यक्तिलाई २२० भोल्टको तारले छोएको फिक्कल प्रहरी चौकीका सई जलान्धर बरालले जानकारी दिए । मानसिक सन्तुलन गुमाएका ती ब्यक्ति बिद्युतको तार मुनीबाट हिडिरहेका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घटना पछि स्थानीयले बिद्युत प्राधिकरणको लापारवाहीका कारण मृत्यु भएको भन्दै बिद्युत मर्मतमा अवरोध गरेका छन । बिद्युत प्रधिकरण इलामका प्रमुख पंकज झाले बिद्युतको लापारवाही नभइृ हावाहुरीका कारण अकस्मत तार खस्ता ती ब्यक्तिलाई छोएको र उनी मानसिक अवस्था ठिक नभएका कारण तारबाट बच्न नसकेको जानकारी दिए ।सोमबार रातीको हावाहुरीले इलामका केही स्थानमा बिद्युत सेवा अवरुद्द समेत भएको छ ।