चाडबाड लक्षित सुरक्षा मजबुत बनाउन निर्देशन
फिक्कल
: १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले बिहीबार जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको निरीक्षण गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक बि.सी.ले जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको निरीक्षण तथा अनुगमन गर्दै जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिनु भयो ।
प्रहरी महानिरीक्षक बि.सी.ले नजिकिदै गरेका दशै तिहार जस्ता चाडबाडको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिनु भएको छ उहाले शान्ती सु–ब्यबस्थालाई ख्याल गरेर सामान्य अबस्थामा भन्दा थप शसक्त ढंगले जनशक्ती परिचालन गर्न समेत निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी किसोर तामाङले जानकारी दिनु भयो । उक्त अवसरमा महानिरीक्षक बि.सी.ले जिल्ला सुरक्षा समितिका पदाधिकारी संग समेत छलफल गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामले यस अघि नै चाडबाडलाई लक्षित गरी आफना गतिविधिलाई सक्रिय बनाउदै आएको छ ।