इलाममा ६६ औं प्रहरी दिवस मनाईयो, बिभन्न ब्यक्ति सम्मानीत

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले ६६ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा आयोजित कार्यक्रममा प्रहरी संगठन र प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गर्दै प्रहरी दिवस मनाईएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा इलामक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६ जना अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओडाएर सम्मान , ४ जना जग्गादाताहरुलाई कदर पत्र प्रदान र ११ जना उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
अमर प्रहरी तर्फ लिलाहाङ योगेन, प्रहरी भिम राईको श्रीमती लिलाकुमारी राई प्रहरी अर्जुन योन्जनका बुबा दिल बहादुर, सन्तोष कुमार बुढाथोकीका बुबा राम बहादुर , प्रहरी अमर राईका छोरा रुपेन, प्रहरी तुलसी मगरको छोरी तनिसा मगरलाई इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले दोसल्ला ओडाएर सम्मान गर्नु भयो । यस्तै जिल्लामा प्रहरी चौकीको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने इभाङका भिमलाल , टिकालाल खुलाल, दानाबारीकाशंकर प्रसाद श्रेष्ठ र चुलाचुलीका बिर्ख बहादुर तामाङलाई कदर पत्र प्रदान गरिएको छ ।
कार्य सम्पादनमा उत्कृष्ठ काम गर्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु सहित ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा अमर प्रहरीको स्मारिकामा माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरियो भने नेपाल प्रहरीको बिशेष टुकडीद्धारा अमर प्रहरी स्मारिकामा कर्तब्य पालनाको सिलसिलामा सहादत प्राप्त अमर प्रहरीहरुलाई सलामी समेत दिईएको थियो । कार्यक्रममा इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले प्रहरी सबैको साथी भएर काम गर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.