प्रेस युनियन इलामको शुभकामना आदान–प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न

  • 84
    Shares
प्रेस युनियन इलामको शुभकामना आदान–प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न

राम प्रसाद दुलाल स्मृति प्रत्रकारिता पुरस्कारको घोषणा

फिक्कल: नेपाल प्रेस युनियन इलाम शाखाले शनिबार शुभकामना आदान प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा युनियनले दशै ,तिहार, छट , नेपाल सम्बत जस्ता चाडको अवसरमा शुभकामना आदान प्रदान सहित समिक्षा कार्यक्रमसम्पन्न गरेको हो ।
युनियन इलामकी कार्यबहाग अध्यक्ष सविता पाण्डेको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्र्रय सदस्य माधव चम्लागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोरोना महामारीले संचार क्षेत्र र संचारकर्मी माथी परेको प्रभावको समिक्षा गरिएको थियो ।
कार्यक्रममा शुभकामना राख्दै केन्द्रिय सदस्य चम्लागाईले प्रेस जगतलाई कमजोर बनाउन खोखीए सबै संचारकर्मी एक भएर लडनु पर्ने बताउनु भयो । उहाले सरकारी पक्षले पटक पटक प्रेस जगतलाई कमजोर बनाउने काम भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लब भट्टराईले कोरोना महामारीको समयमा महासंघ इलाम शाखाले कोरोना प्रभावित संचारकर्मीका लागि बिभिन्न राहात प्याकेज कार्यक्रम संचालन गरीएको जानकारी दिनु भयो ।
उहाले जिल्लामा २५ बढी संचारकर्मी संक्रमीत हुँदा घर घरमै पुगेर महासंघले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का सदस्य तोयानाथ भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जिवन शर्मा , राष्ट्रिय बन प्रदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्का , प्रेस युनियन इलामका उपाध्यक्ष बिनय तिम्सिना लगायतको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा प्रेस युनियनलाई बिभिन्न समयमा सहयोग गर्ने राष्ट्रिय बन पै्रदावर ब्यवसायी संघका अध्यक्ष रोहित खड्का लागयतका ब्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा युनियनकी कार्यबहाग अध्यक्ष सविता पाण्डेले युनियनले गर्दै आएका गतिविधि र आगामी कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रमको अवसर पारेर केन्द्रय सदस्य चम्लागाईको पहलमा कांग्रेस इलामका पुराना नेता राम प्रसाद दुलाल (जिल्ला बा) स्मृति प्रत्राकारिता पुरस्कार घोषणा गरिएको छ । चम्लागाईका नजिकका नातेदार राम प्रसाद दुलाल (जिल्ला बा)को योगदानको कदर गर्दै उहाको स्मृतिमा शिक्षा, पर्यटन र कृषि क्षेत्रमा कलम चलाउने एक जनालाई बर्षेनी बितरण गर्ने गरी २० हजार रासीको पुुरस्कारको चम्लागार्ईले घोषणा गर्नु भयो । दुलाल परिवारबाट उक्त पुरस्कारको कोष स्थापना गरिने छ ।
उक्त रासी जिल्लामा बितरण हुँदै आएका पत्रकारिता पुरस्कार मध्येको सबै भन्दा ठूलो हो । युनियन इलामको मातहतमा अक्षयकोष स्थापना गरी उक्त पुरस्कार केहि दिन भित्रमै एक जना पत्रकारलाई वितरण गरिने जनाईएको छ ।