इलामका तीन पत्रकार पुरस्कृत

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ सूचना प्रविधि

इलाम: जिल्ला फूटबल संघ इलामले जिल्लाका तीन पत्रकारलाई शुक्रबार सम्मान सहित पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने तीन पत्रकार सम्मान सहित पुरस्कृत बनेका हुन् । संघले पत्रकारहरु गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो ।
पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, अखिल नेपाल फूटबल संघ ९एन्फा० का केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो । संघले इलामको ठूलो टुडिखेलमा शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कृत गरेको हो ।
सम्माति पत्रकार घिमिरे नेपाल पत्रकार महासंघ इलाम शाखाका कार्य समिति सदस्य हुन् । पत्रकार घिमिरे नेपालबाणि एफएमका समाचार प्रमुखका साथै इलाम एक्सप्रेस दैनिकमा आबद्ध र नेपाल समाचार पत्र दैनिकका इलाम संबाददाता हुनुहुन्छ । यस्तै अर्का पुरस्कृत ढकाल लोकल सदेश अनलाईनका सह-सम्पादक तथा थाहा खबर अनलाइनका इलाम संवाददाता हुुनुहुन्छ भने पुरस्कृत तिम्सिना न्यूज टवान्टि फोरका इलाम संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.