फिक्कलः: इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९.८० को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरणको अवसरमा नगरका बिभिन्न बिद्यामा उत्कृष्ठ ४८ जना सम्मानित गरेको छ ।
कार्यक्रमको अवसरमा नगरपालिकाले रेडियो बुद्दवाणी एफएमका अध्यक्ष दिनेश कुमार महतलाई सम्मान गरेको छ। लामो समयदेखि संचारमाध्यममा आवद्ध भई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो। महत विभिन्न संचारमाध्यममा आबद्ध हुँदै विगत ६ बर्षयता रेडियो बुद्दवाणी एफएममा संस्थापक अध्यक्ष र स्टेशन म्यानेजरका रूपमा कार्यरत रहेका छन्। नगरपालिका ले महत सहित ४८ जना विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सोहि अवसरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बलराम गिरीलाई सम्मान गरेको छ । गिरीलाई शान्ति सुरक्षामा अतुलनीय भूमीका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।
नगरले सम्मान गरेका कतिपय बिषयमा भने प्रश्न उठेको छ । शरुवा भएर आएको छोटो समयमै फिक्कल माध्यमिक बिद्यालयका अग्रेजी बिषयका शिक्षक राजेन श्रेष्ठलाई पनि सम्मान गरेको छ । एक शिक्षकले भन्नु भयो‘शिक्षा क्षेत्रको मुल्याङ्कन एक शैक्षिक शत्र पुरा हुँदा हुँने हो, छ महिनामा कस्तो मुल्याङ्कन भयो ?’ उहा शरुवा भएर आएको करिव ६ महिना मात्र भएको छ ।पहुँचका आधारमा सम्मान गरेको शिक्षकहरुकै आरोप छ । केहि असन्तुष्टि रहे पनि नगरले बर्षेनी गर्ने सम्मानले नगर क्षेत्रका बिभिन्न बिद्याका ब्यक्तिलाई भने काम गर्न उर्जा थपेको छ ।
नगरपालिकाले यस पटकको बजेटमा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको प्रवक्ता ख्याम भुजेलले जानकारी दिनु भयो ।नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर एक संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगरपालिकाले ल्याएको बजेटको प्रशंसा गर्नु भयो । लिम्बुले स्थानीय सरकार संग प्रदेश संगसंगै रहेकाले हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो । मन्त्री लङ्वाले लोकल रक्सी र स्थानीय उत्पादन ब्रान्डीङ गर्ने कार्यमा पर्यटन मन्त्रालय लागिरहेको जानकारी दिनु भयो ।