अझै संचालनमा आएन बेलबारीको पेट्रोल खानी

Hot News Trending प्रदेश नं. १ समाचार समाज सूचना प्रविधि

गोबिन्द पौडेल बेलबारी:

अन्बेषण गरेर पत्ता लागेको मोरङको बेलबारी स्थित पेट्रोल खानी अझै संचालनमा आउन सकेको छैन । सरकारले वास्ता नगर्दा पेट्रोल खानी संचालनमा आउन नसकेको हो ।

मुलुकमा ठूलठूला परिवर्तनहरु भयो ४६ सालमा पंञ्चायती ब्यवस्था फालेर बहुदलीय ब्यवस्था आयो , ५२ सालदेखी चलेको जनयुद्धको कारण नेपालमा संघीय गणतन्त्र आयो स्थानीय तहको चुनावपछि बिकेन्द्रि करण भयो ।
२०४५ सालदेखी मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका बडा नं ८ राधानगरमा संरक्षण गरेर राखिएको पेट्रोल खानी जस्ताको तस्तै रहेको छ ।
पंञ्चायती ब्यवस्थाको अन्त्यतिर भारतले नाकावन्दी गरेको समयमा खानी तथा भूगर्व बिभागले अनुसंधान गरि पत्ता लगाएर उक्त स्थानमा खानी चलाउन चार बिघा जमिन समेत खरिद गरिएको छ ।
सोही स्थानमा ३ हजार ४सय मिटर पाइप गाडेर माथिल्लो भागमा सिमेन्टले ढकनी लगाएर राखिएको पेट्रोल खानी अहिले सम्म कसैले नहेरेको स्थानिय सुमन रिजालले बताए ।
पूर्व पश्चिम राजमार्गको बेलबारीको राधानगरमा एउटा बोड राखेर खानीजाने बाटो खेखाईएको र सो बाटो हँुदै ५ किलोमिटरमा पुगिने उक्त स्थानमा खानी अन्बेषण गर्दा सरकारी मानिसहरुले एउटा गतिलो टहरो बनाएर सामानहरु राख्ने गरेको भएपनि उनीहरु सो स्थान छाडेर गएपछि सामान कसैले नहेरेको र सो टहरो समेत जिर्ण भएको छ ।
सरकारले परनिर्भर हटाउदै सुखी नेपाल र समृद्ध नेपालीको नारा लगाएपनि ब्यबहामा खास काम गर्न नचाहेको स्थानीय बासीहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published.