कावेली करीडोरको काममा ढिलाई

कावेली करीडोरको काममा  ढिलाई

पाँचथर:
विद्युत प्रसारणलाईन कावेली कोरीडरको काममा ढिलाई भएको छ । निर्माण प्रारम्भ भएको नौँ बर्ष पुगिसक्दापनि आयोजनाको कामले पूर्णता पाउन नसकेको हो । इलामको गोधकदेखि पाँचथरको अमरपुरसम्मको काम अझै नसकिएको हो । केहि जलविद्युत आयोजना सकिनलागेका तथा केहि सकिसकेको भएपनि विद्युत केन्द्रीय प्रसारणमा जोड्ने १ सय ३२ केविए विद्युत प्रसारणलाईनको काम नसकिएको हो ।
केहिबर्ष अघि स्थानियको अवरोधलाई कारण देखाइदै आएको थियो । समस्या समाधान भएपनि काम नसकिएको हो । चौथो पल्ट थपिएको म्याद पनि माघ–२४ गतेबाट सकिएको आयोजना प्रमुख दिपेन्द्र द्विवेदीले जानकारी दिए । उनका अनुसार ठेकेदारले थप म्यादमागेपनि उसको काम हेरेरमात्र अघि बढ्ने तयारी भएको छ ।
कावेली करीडोरको अवस्थाको बारे आईवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा छलफल भएको थियो । आयोजनाको कामकालागि समन्वयगर्न बनाईएको टोलिको अगुवाईमा जनप्रतिनिधि, सुरक्षानिकायका प्रमुख, आयोजना कार्यालयका प्रमुख तथा प्रतिनिधि, ठेकेदार, विद्युत उत्पादकहरु सहितको छलफल भएको थियो । छलफलमा समस्या भए समाधानको पहल गर्न गर्ने बताउदै कामलाई चाडोँ सक्न अनुरोध गरेका थिए ।
विकासलाई प्रभावित पार्ने गरी निर्माणमा ढिलाई हुनु नहुने जिल्ला समन्वय समितिका पाँचथरका प्रमुख विष्णु सापकोटाले बताए । समस्या भए समाधान गर्ने बताउँदै कामलाई तिव्रता दिनु पर्ने उनको सुझाव थियो । छलफलमा कावेली करीडोरको ढिलाई, जलविद्युत आयोजनाले प्रतिवद्धता अनुसार काम नगरेको तथा स्थानियबासिको समस्यामाथि समेत छलफल भएको थियो । यस अघिपनि समन्वय, सहयोग गरेको बताउँदै फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले जतिसक्दो चाडोँ काम सक्नु पर्ने बताएका थिए ।
लखनपुुरदेखि अमरपुरसम्मको ९१ किलोमीटर १ सय ३२ केविए विद्युत प्रसारणलाईन मध्ये गोधकदेखि अमरपुरसम्ममको काममा ढिलाई भएको हो । दुई बर्ष अघि गोदकसम्मको काम सकिएको थियो । यहि प्रसारणलाईनबाट विद्युत केन्द्रीय प्रसारणमा जोड्ने भन्दै जलविद्युत आयोजना निर्माण भईरहेका छन् ।
गोधकदेखि फिदिमको थापाटारको सवस्टेशनसम्मको १ सय २७ टावर मध्ये १ सय २५ वटा जडान भईसकेका छन् । थापाटारदेखि अमरपुरसम्मको ४० टावरमध्ये ३९ वटा जडान भएका छन् । दुबै स्थानको केहि किलोमीटरमा तार टाङन बाकि छ । भारतिय ज्वग्वार एण्ड एस्टर कम्पनीले कामको ठेक्का लिएको थियो । कम्पनीका निर्देशक मधु बाबुले दुई महिनामा काम सक्ने दाबि गरे । प्रसारणलाईन १ अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो ।फिदिम टुडेबाट