बालीको अर्गानिक उपचार पद्धति ‘जीवातु’

Breaking News Hot News Mukya Samachar Special News Trending समाज सूचना प्रविधि

विजयशेखर भट्टराई,इलाम : इलामको सूर्योदय नगरपालिकाको अगुवाइमा कृषि वैज्ञानिक खड्गभक्त पौडेलले बालीको अर्गानिक उपचारका लागि ‘जीवातु’ नामक जैविक झोल पत्ता लगाएको दाबी गरेका छन् । जीवातुले सुन्तलामा ‘सिटरस ग्रीनिङ’देखि इस्कुसमा लाग्ने ‘मोज्याक भाइरस’ समेत ठीक हुने उनको भनाइ छ ।

नगदेबालीमा नाम कहलाएको इलाममा अलैंची, सुन्तला, अदुवा, इस्कुस लगायत बालीमा भाइरस संक्रमण देखापरेको र बाली नै मासिएको समाचार नौलो होइन । यस्ता रोगको अग्र्यानिक रूपमा समाधान गर्न ‘जीवातु’ सक्षम हुने उनले दाबी गरे । उनले नगरका सबै वडाका किसानलाई यसको प्रयोग सिकाएका छन् । यो उपचार पद्धति किसानलाई कम खर्चमा उपलब्ध हुने र स्थानीय स्रोतसाधनले तयार हुने पौडेलको भनाइ छ ।

किसानले घरमै गहुँत, मल र पानीको प्रयोग गरी जीवातु तयार गर्न सक्छन् । एक लिटर जीवातु बनाउन ३३ लिटर गहुँत, ३३ लिटर पानी र ३३ किलो पाकेको मल मिसाउनु पर्छ । यस्तो मिश्रण प्लाष्टिकको ड्रममा २१ दिनसम्म राख्ने गरिन्छ ।

त्यसपछि पुनः तीन लिटर पानीमा एक लिटर उक्त मिश्रण राखेर बालीको माटोमुनि हाल्न सकिनेछ । धेरै रोगको उपचारमा जीवाणु किन्दा पैसा धेरै पर्ने तर जीवातुमा सबै जीवाणु एकैसाथ हुने हुँदा अनेक रोगको उपचार गर्न सकिने पौडेलले बताए ।

सूर्योदयमा अर्गानिक अभियान
सूर्योदय नगरपालिकाले गत साउनदेखि विषादीजन्य वस्तु विक्री र प्रयोग नगर्ने घोषणा गरी अर्गानिक अभियानको शुरुआत गरेको नगरकी उपप्रमुख दुर्गादेवी भट्टराई बताउँछिन् । विषादीरहित खेती प्रणालीको विकास गर्नलाई वडा स्तरमै अर्गानिक उपचार पद्धति सिकाउन वैज्ञानिक झिकाएको बताइएको छ । नगरपालिकाका २५२ टोल विकास संस्थामा यस्तो जैविक औषधि र मल उत्पादनमा किसानलाई जागरुक बनाइएको ९ नम्बर वडाका अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए । आर्थिक अभियानबाट

Leave a Reply

Your email address will not be published.