इलाम नगरपालिकाका १२ वटै वडाको अनुगमन नगरपालिका कार्यालयबाट गरिने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ सूचना प्रविधि

इलाम: इलाम नगरपालिकाले नगर क्षेत्रको सवै वडामा इन्टरनेट नेटवर्क विस्तार गरेको छ । सवै वडामा सिसिटिभी क्यामेरा, भिओई जडान गरिएको छ । अब नगरपालिकाको सवै वडाको अनुगमन नगरपालिका कार्यालयबाटै हुनेछ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यालयबाटै अनुगमन गर्नेछन् । कार्यालय बाहिर रहेका बेला नगरप्रमुखले भने मोवाइलबाटै वडा र कार्यालयको गतिविधि नियाल्न सक्ने नगरपालिकाका आइटि इञ्जिनियरले सञ्जय घिमिरेले बताए ।

यस्तो सञ्जाल विस्तारपछि सफ्टवेयर मार्फत बिल काटिने, खानेपानी, राजश्वको विल भुक्तानी पनि वडाबाटै गर्न सम्भव हुन्छ । तर, यो सेवा भने वडा कार्यालयमा विस्तार भइसकेको छैन ।

वडा कार्यालयमा विद्युतीय हाजिरी राखिएको छ । त्यसको रेकर्ड समेत नगरपालिका कार्यालयबाट हेर्न सकिन्छ । वडामा भएका गतिविधि कार्यालय समय अघिपछि समेत हेर्न सकिने बनाइएको छ ।

दरवारलाई सांस्कृतिक संग्रालय बनाइने

इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई सांस्कृतिक संग्रालय बनाइने भएको छ । सरकारले सदरमुकाममा रहेको दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि दरवारलाई सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिने भएका हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरवारको भवन प्रयोग विहीन अवस्थामा छ ।
दरवारमा सांस्कृतिक संग्रहालय बनाउनको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । संग्रहालय बनाउनको लागि आवश्यक बजेट आगामी आर्थिक वर्षमा विनियोजन गर्ने नगरपालिकाले जनाएको छ । दरवार १९२० को दशकमा बनेको इतिहास छ । राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिङ थापा १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबारको बनावट यस क्षेत्रमा रहेका घरहरु भन्दा फरक छ ।

के के हुन्छ संग्रालयमा ?

संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका वेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने भएको छ । पुरानो शैलीमा बनाइएको दरवारमा सास्कृतिक संग्रहालय राख्दा पर्यटन आकर्षणको केन्द्र हुनसक्ने अपेक्षा गरिएको छ ।

सालिक बनाइदै

२३ वर्ष सम्म इलामको प्रशासन चलाएका बडाहाकिम गजराजसिंह थापाको शालिक बनाइने भएको छ । सदरमुकामको लभडाँडामा पार्क सहित स्तम्भ बनाइने भएको छ । थापाकै पालामा इलाममा चिया रोपण सुरु भएको हो । उनकै पालामा नेपालको पहिलो उद्योग स्थापना भएको हो । १९२० देखि चिया रोपण सुरु भएको १९३५ सालमा चिया कारखाना स्थापना गरिएको हो ।

शैक्षिक क्यालेण्डर

इलाम नगरपालिकाले नगर क्षेत्रको शैक्षिक गतिविधिलाई व्यवस्थित गर्नको लागि शैक्षिक क्यालेण्डर बनाउने भएको छ । क्यालेण्डरमा विद्यार्थी भर्ना, परिक्षा, नतिजा प्रकाशन, अतिरिक्त कृयाकलाप, ब्यवस्थापन समितिको बैठक, अविभावक भेला, स्टाफ बैठक लगायतका गतिविधि समावेश छन् । नगरपालिका क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयले एकरुपता बनाउन क्लालेण्डर बनाइने भएको हो ।
सडक

नगरपालिकाले तिल्केनी बज्रदेवी सडक, वार्ड नं. ८ तिल्केनीलाई एक करोढ रुपैया, भन्ज्याङ भाङटार बेलासे सडक, वार्ड नं. ११ सोयाकलाई एक करोड रुपैयाँ, बरबोटे रिब्स सुम्बेक सडक, वार्ड नं. २ सुम्बेक र बरबोटेलाई एक करोड, मिल गोलाइ विणापानी स्कुल सडकलाई एक करोड, र रत्नचोक इन्टेक साङ्गरुम्वा सडकलाई एक करोड रुपैयाँ विनियोजन गरेको हो । नयाँ बुल्न्द अनलाईनबाट

Leave a Reply

Your email address will not be published.