इलाम नगरपालिका कार्यालयमा युट्युव र फेसबुक चलाउन प्रतिबन्द

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार सूचना प्रविधि

इलाम:इलाम नगरपालिकाले कार्यालयभित्र फेसबुक युट्युब चलाउन रोक लगाएको वाइफाई बन्द गरेको नगरपालिकाले कार्यालयमा रहेको कम्प्युटर ल्यापटपमा समेत फेसबुक युट्युब नचल्ने बनाएको हो नगरपालिका क्षेत्रको सवै वडामा इन्टरनेट नेटवर्क विस्तार गरेको सवै वडामा सिसिटिभी क्यामेरा, भिओई जडान गरिएको

अब नगरपालिकाको सवै वडाको अनुगमन नगरपालिका कार्यालयबाटै हुनेछ नगर प्रमुख प्रमुख प्रशासकीय अधिकृतले कार्यालयबाटै नगरभित्र भइरहेको गतिविधिको अनुगमन गर्नेछन् कार्यालय बाहिर रहेका बेला नगरप्रमुखले भने मोवाइलबाटै वडा कार्यालयको गतिविधि नियाल्न सक्ने नगरपालिकाका आइटी इञ्जिनियर सञ्जय घिमिरेले बताउनुभयो

सञ्जाल विस्तारपछि सफ्टवेयर मार्फत बिल काटिने, खानेपानी, राजश्वको विल भुक्तानी पनि वडाबाटै गर्न सम्भव हुन्छ तर, यो सेवा भने वडा कार्यालयमा विस्तार भइसकेको छैन वडा कार्यालयमा विद्युतीय हाजिरी राखिएको त्यसको रेकर्ड समेत नगरपालिका कार्यालयबाट हेर्न सकिन्छ वडामा भएका गतिविधि कार्यालय समय अघिपछि समेत हेर्न सकिने बनाइएको

नगरपालिका कार्यालयमा वाइफाई बन्द गरिएकोे छ । नगर क्षेत्रका माध्यमिक तहका विद्यालय र स्वास्थ्य संस्थामा समेत नेटवर्क विस्तार गरिने नगरप्रमुख महेश बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.