भारतीय कांग्रेसका ७ सय पेज, अकाउन्ट र ग्रुप फेसबुकले ब्लक गरेपछि…

Special News Trending अन्तर्राष्ट्रिय सूचना प्रविधि

काठमाडौं : भातको लोकसभा चुनावको पूर्वसन्ध्यामा फेसबुकले कांग्रेस पार्टीका अकाउन्ट हटाएको छ । अन्र्तराष्टिय सञ्चारमाध्यमका अनुसार फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय का‌ंग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरेको हो ।

भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको छ । सोही अनुसार चुनावको समयमा ती अकाउन्टबाट नकारात्मक प्रभाव फैलिरहेको बताइएको छ । मुख्यत कानुन उल्लंघन गरेको भन्दै कांग्रेस आईसम्बद्ध ती पेजहरू फेसबुकले आफ्नो हटाएको हो।

ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झूठा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएको पाइएपछि ती पेजहरू हटाइएको फेसबुकको भनाइ छ। फेसबुकले अझैँ बढी मान्छेहरुसँग लिंक ९बढी लाइक०भएका पेजहरुबाट यस्ता कार्यहरु गरेको पाइ्रए बन्द गर्नसक्छ ।

फेसबुक कम्पनीले जारी गरेको वक्तव्यमा अप्रामाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियम उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरू कम्पनीले हटाएको बताइएको छ ।

त्यस्तै फेसबुकले भारतको सत्तारूढ भारतीय जनता पार्टीसँग लिंकमा रहेका १५ पेज, ग्रुप र अकाउन्टसमेत हटाएको बताएको छ । भारत फेसबु र त्यस्को मोबाइल प्लेटफर्म ह्वाट्सएपका लागि विश्वकै बढी प्रयोगकर्ता रहेको क्षेत्र हो ।

त्यहाँ समाजिक सञ्जालले विभिन्न कुरामा निकै प्रभाव पुर्याउने बताइन्छ । जसका कारण नकारात्मक कुराहरु सेयर भइराख्ने भएका कारण ती अकाउन्ट, पेज र ग्रुप हटाएको फेसबुकको भनाइ छ । फेसबुकमा पछिल्लो समय विविध रिपोर्ट आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.