झापामा चट्याङ लागेर एक जनाको मृत्यु , दुई जना घाइते

Mukya Samachar सूचना प्रविधि

झापा: झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन । आज बिहान पानी सँगै परेको चट्याङले मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकै भाउजु ३६ वर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको झापामा उपचार भइरहेको जनाइएको छ ।
खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल पुरयाईएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.