इलामका पत्रकार मिडिया काउन्सिल विधेयकको बिरोधमा संचार सामग्री सहित सडकमा

Special News Trending सूचना प्रविधि


फिक्कल: सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै देशभरका पत्रकार एवम संचारकर्मीहरु आन्दोलित भएका छन ।
सोही क्रममा इलाम सदरमुकाममा र सूर्योदय नगरपालिकामा रहेर पत्रकारिता गरिरहेका पत्रकारले फिक्कल चोकबजारमा सञ्चारसामाग्री सहित प्रर्दशन गरेका छन । विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघकोे कार्यक्रमअनुसार शुक्रबार सञ्चारसामग्री सहित धर्ना दिएका हुन ।
बिधेयक फिर्ता नभएको खण्डमा महासंघले थप संघर्षका कार्यक्रम तय गर्नेछ । इलाम चोक बजारको कार्यक्रममा पत्रकार महासंघको केन्द्रिय सदस्य सटेन्द्र जवेगुले उक्त बिध्ेयक फिर्ता नभए लोकतन्त्र र अभिब्यक्ति खतरामा पर्ने बताउनु भयो । कार्यक्रममा २० भन्दा बढी पत्रकारहरुले मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन ।

फिक्कल चोकबजारमा गरिएको विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, सदस्य नमीन ढकाल, पुर्व उपाध्यक्ष राजकुमार दहाल, पत्रकार प्रेम अधिकारी, मनोज अधिकारी, विनु खड्का लगायत १० भन्दा बढी पत्रकार एवम संचारकर्मीहरुको सहभागीता रहेको थियो । यसअघि जेठ १ गते देशभरका सञ्चारकर्मीहरुले कार्यक्षेत्रमा कालो पट्टी बाँधेर काम गरेका थिए भने सोही दिन सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.