नेटवर्क खोज्न अझै पनि डाँडा जानु पर्छ

नेटवर्क खोज्न अझै पनि  डाँडा  जानु पर्छ

गोबिन्द पौडेल रोङ : इलाम भनेपछि सुगम र बिकसीत होला भन्ने नै बुझाई छ तर, यहाको कतिपय ठाउँहरुमा अहिलेपनि फोन लाग्दैन । सुन्नेहरुले पत्याउदैन तर, सत्य हो ।

पूर्बी इलाको रोङ गाउँपालिका वडा नं २ को बरफल्याङ,दुधे, झटारे गाउँका नागरिकहरु मोवाइल बोकेर डाँडामा जानु रहर होइन बाध्यता हो । यहा नेपाल टेलीकमको मात्र हैन जताततै सेवा बिस्तार गरेको एनसेलले पनि काम गर्दैन , यहाको अवस्थाबारे नेपाल टेलीकम क्षेत्रीय कार्यलयसम्म अनुरोध गरेको भएपनि अहिलेसम्म केही नभएको रोङ २ का वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए । यहा मात्र हैन नेपाल टेलिकमले निमार्ण गरेको रोङ्ग ३ को चन्द्रकला आधारभुत बिद्यालयबाट जिर्मलेको काउले डाडा,कोल्बुङ्गको भालुझोडा र कोल्बुङ्गकै पाथीभराको थुम्कोको बिटिएस टावर नजिकै देखिन्छ तर फोन लाग्दैन रोङ्ग ३ का वडाध्यक्ष मात्रिका बरालले बताए । बरालका अनुसार रोङ ३ को मार्से फेदी, ढोडेनी, मजुवा खमारे लगायतको कतिपय गाउँबाट पनि फोन गर्न सकिदैन ।

योत उदहारण मात्रै हो कतिपय बिटिएस जडान गरिएको गाउकै आसपासका नागरिकहरु पनि सामान्य संचार सेवाबाट बञ्चित रहे छन् । सुचना र प्रबिधिले संसारलाइ सागुरो बनाइरहदा इलामजस्तो सुबिधा सम्पन्न र मुलुक हाक्ने नेताहरु रहेकै गाउँका नागरिकहरुले एक्काइसौ शताब्दीमा पनि यस्तो नियती भोग्नु परेको नागरिकहरुको गुनासो रहेको छ । यसबारेमा नेपाल टेलिकम इलाममा संपर्कगर्दा आवश्यक्ता अनुसार बिटिएस टावर बनाउने काम क्षेत्रिय निर्देशनालयले गर्ने गरेको तर टावर आसपासमानै नागरिकहरु सवाबाट बञ्चिित रहेको भइ यसको लिखित बिबरण प्राप्त भएमा आफुहरुटावरमा गएर सेवा नपाएका स्थानमा सेवा प्रदान गर्न सकिने कार्यलय प्रमुख संजिव घिमिरेले बताए । टेलिकमले यस्तो सेवा बिस्तार गर्ने कार्य गर्न तयार रहदा स्थानिय सरकाले पनि आफ्नो क्षेत्रर टोलमा रहेको समस्याको बारेमा तत्काल आधिकारीक जानकारी गराएर सेवा बिस्तारमा सहयोग गर्नुपर्ने नागरिकहरुको अपेक्षा रहेको छ ।