इटहरीका मेयरको अराजकता : पत्रकारको नाकको हड्डी भाच्‍न १ करोड रुपैयाँ छुट्टयाएको खुलासा

Hot News Special News Trending समाज सूचना प्रविधि

इटहरी: केही समयअघि पनि पत्रकारहरुकै बिचमा पत्रकारहरुलाई दुव्र्यवहार गरेर आलोचित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका छन् । मेयर चौधरीले अनुपमलाई ‘तेरो नाकको हड्डी भाच्‍न १ करोड रुपैयाँ नै छुट्टयाएको छु’ भनेर अभिव्यक्ति दिएका हुन् ।

सार्वजनिक फोन सम्बनदमा उनले एक जग्गा बेचेर नाकको हड्डी भाँच्छु भनेर धम्की दिएका मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमा केही समयअघि अब तेरो पालो भनेर लेखेका थिए । भने चाटुकार भनेर कमेन्ट गरेका थिए । सोही विषयमा स्पष्ट हुन फोन गर्दा धम्की आएको बताइएको छ ।

मेयर भन्छन्, अति भएपछि धम्की दिएकै हो
सो बिषयमा धम्की दिएको स्वीकार गर्दै मेयर चौधरीले अति भएपछि त्यस्तो प्रतिक्रिया दिएको बताएका छन् । एक वर्षदेखि केही पत्रकारहरुले पागल, बद्‌मास लगायत तथानाम गाली गलौज गरेर सताइरहेको र बारम्बार कलम र माइकको दुरुपयोग गरिरहँदा सहने शक्तिले सीमा नाघेपछि धम्की दिएको बताएका छन् ।

उनले पत्रकारहरु विभिन्न पार्टी र व्यापारिक स्वार्थबाट प्रेरित रहेको र कोही तस्करीसँग मिल्ने गरेको समेत आरोप लगाए । यस्तै कोही पत्रकार जानी जानी मेयरलाई सन्काएर विवादमा ल्याइ बद्नाम गर्नुपर्छ भनेर लागिपरेको बताए । उनले पत्रकारहरुले नै पनि भ्रष्ट कर्मचारीले झै प्रश्‍न गर्ने गरेको बताउँदै चाटुकार भनेर आरोप लाएको बताए । उनले पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारहरुलाई केही दिनमै कारवाही चलाउने समेत चेतावनी दिएका छन् ।

मेयरले पत्रकार धम्काएको भन्दै महासंघको आपत्ति
यसै बिच सो अभिब्यत्ति प्रति नेपाल पत्रकार महासंघ सुनसरीले आपत्ति जनाएको छ । महासंघका सचिब हिमाल दाहालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा मेयर चौधरीले सार्बजनिक माफी माग्न र पत्रकारहरुलाई काम गर्न सहज बाताबरण बनाउन माग गरेको छ । अन्यथा शसक्त कार्यक्रम गर्ने बिज्ञप्तीमा उल्लेख छ । चौधरीले पत्रकारलाई फोनमा तिम्रो नाक भाँच्न एक करोड छुटयाएको भनी धम्की दिएको बिज्ञप्तीमा उल्लेख छ । पूर्वेली न्यूजबाट

Leave a Reply

Your email address will not be published.