नाक महात्म्य (व्यंग्ये)

Special News Trending विचार सूचना प्रविधि


रुपेश श्रेष्ठ

लेखक/पत्रकार


केही दिनयता संघीय राजधानीमा नाम सुनिएका तर खासै चर्चा नभएका प्रदेश(१ का एक पत्रकारको नाकको खुब चर्चा भइरहेको छ। विशेषगरी सार्वजनिक ओहदामा बसेका एक जिम्मेवार व्यक्तिले ती पत्रकारको नाकको भाउ तोकेपछि त्यसको चर्चा चुलिएको हो।

एक करोडको नाक१ यो सुन्दा हाम्रा आ(आफ्ना पृष्ठभूमि, आस्था, विवेक र सोचअनुसार आश्चर्य, चिन्ता, रिस, इत्यादि विभिन्न भाव उत्पन्न भएका छन्। कतिलाई एक करोड मूल्यको त्यो नाक हेर्ने उत्सुकता जागेको छ भने कतिले नाकको मूल्य तोक्ने ती हिम्मतिला महानुभावको बर्कत र ल्याकतको अन्दाज लगाउन भ्याएका छन्।

सँगसँगै एकथरीले पत्रकारको नाकको मूल्य तोक्ने कामलाई दुस्साहसी कामको रुपमा व्याख्या गरिरहेका छन्। पत्रकार विरादरीका पादरीहरूले भने त्यसलाई दुस्साहस भनेका हुन्। मूल्य तोक्ने महानुभावका भक्तहरूले भने त्यसलाई साहस भनिरहेका छन्। अनि केही देशको साह्रै चिन्ता भएका सफा मनका भावुकहरूले प्रधानमन्त्रीलाई समेत ती महानुभावजत्तिकै हिम्मतिलो बन्न सुझाव दिइरहेका छन्।

ती हिम्मतिला महानुभावले पत्रकारका अरु अंग छोडेर किन नाककै मूल्य तोके त? के ती पत्रकारले नाकले समाचार लेख्दा रहेछन्? तपाईंले कसैले नाकले कम्प्युटरको किबोर्डमा अक्षरहरू टाइप गरेको देख्नुभएको छ?

मैले त छैन।

पक्का पनि ती पत्रकारले नाकले समाचार लेख्ने होइनन्। थारु समुदायका ती महानुभावलाई पत्रकार ब्राह्मण भएकैले उनको चुच्चो नाक मन नपरेकाले मूल्य तोकेका पो हुन् कि? कतिले त्यस्तै पनि भन्दैछन्।

पत्रकारले नाक भएन भने समाचार सुँघ्न सक्दैन। समाचार नै सुँघेर पत्ता लगाउन नसक्ने व्यक्ति कसरी पत्रकार बन्न सक्छ? पत्रकारिताको प्रारम्भिक पढाइमा नै समाचार सुँघ्न सक्ने नाक बनाउनु भनेर पढाइन्छ।

अनि कतिले के पनि भन्दैछन् भने चुच्चो नाक भएको पत्रकारले नाक थेप्चो भएको थारु महानुभावलाई गिज्याउनुसम्म गिज्याएकै कारण ती महानुभावले पनि पत्रकारको नाकै ताकेका हुन्। एकछिनलाई यी सबै तर्क, कारण र प्रतिक्रियालाई जायज होला भन्ने मानौं र नाकको मूल महिमातर्फ लागौं।

कगदधबथकगचाभच।दयिनकउयत।अयm
मानिसका हरेक अंगको आ–आफ्नै महत्व र प्रयोग छ। तिनै थुप्रै विभिन्न अंगहरूको समष्टिगत रुपले नै मानिस मानिस जस्तो देखिन्छ। अरु जन्तुहरूको पनि उस्तै हो, उनीहरूका पनि हरेक अंगको आ–आफ्नै काम छन्।

मानिसको शरीरको माथिल्लो भागमा हुने टाउकोको एक भागमा अनुहार हुन्छ। जसमा आँखा, नाक, मुख, च्यापु, निधार आदि अंग हुन्छन्। यी सबै अंगले मानिसलाई आवश्यक भौतिक सुख दिलाउँछन् भने अनुहारलाई सुन्दर बनाउने काम पनि गर्दछन्। यीमध्ये पनि नाक एउटा विशेष महत्व भएको अंग हो।

नाकको महत्व खाली सास फेर्नका लागि र गन्ध वा सुगन्धको सुख प्राप्तिका लागि मात्रै होइन, यसका अरु पनि महत्व छन्। नाकले भौतिकबाहेक केही अभौतिक महत्व पनि बोकेको हुन्छ। त्यसैले त अनुहारका अरु अंगहरुभन्दा यसको उचाइ अग्लो हुन्छ। नाकको उचाइ मानिसको बसोबास कहाँ छ, बाहिरी वातावरण कस्तो छ, परिवारको वंशाणुगत पहिचान कस्तो छ इत्यादि कुराहरूले थोरै तलमाथि भए पनि सालाखाला मानिसको नाकको उचाइ अनुहारमा हुने अरु अंगभन्दा बढी हुन्छ।

मानिसको नाक भनेको उसको शान हो, इज्जत हो, प्रतिष्ठा हो। नाक व्यक्तिको इज्जत हो। त्यसैले त कसैको इज्जत लिलाम हुँदा ुनाक काटियोु भनिन्छ। तपाईंले कुनै अपराधीलाई प्रहरीले सार्वजनिक गरेको बेला त्यो अपराधीको अनुहार हेर्नुभएको छ? याद गर्नुहोस्, त्यस्तो बेला अपराधीले नाक लुकाउन खोजेको हुन्छ, कतिले त कपडाले वा मास्कले नाक छोपेको हुन्छ। नेपाली समाजमा त नाकको अझ बढी सुरक्षा गर्ने चलन छ।

जबसम्म एउटा पत्रकार नाक ठाडो पारेर सत्ता र शक्तिको अघिल्तिर उभिन सक्छ, तबसम्म उसले वस्तुनिष्ठ भएर समाचार लेख्न सक्छ। उदाहरणका लागि राजनीतिक दल र तिनका नेता वा ठूलाठूला व्यापारीको खुट्टामा नाक रगड्नेहरूले लेखेका समाचार पढ्नुभएकै होला।

पत्रकारका लागि त नाकको झनै धेरै महत्व हुन्छ।

पहिलो कुरा त पत्रकारले नाक भएन भने समाचार सुँघ्न सक्दैन। समाचार नै सुँघेर पत्ता लगाउन नसक्ने व्यक्ति कसरी पत्रकार बन्न सक्छ? पत्रकारिताको प्रारम्भिक पढाइमा नै समाचार सुँघ्न सक्ने नाक बनाउनु भनेर पढाइन्छ। समाचार सुँघ्न नसक्ने व्यक्ति कसैगरी पत्रकारितामा आयो भने पनि ढिलो चाँडो कि त उसले सुँघ्ने क्षमता विकास गर्नुपर्छ नभए ऊ पत्रकारिताबाट बाहिरिन्छ।

दोस्रो, जबसम्म एउटा पत्रकार नाक ठाडो पारेर सत्ता र शक्तिको अघिल्तिर उभिन सक्छ, तबसम्म उसले वस्तुनिष्ठ भएर समाचार लेख्न सक्छ। उदाहरणका लागि राजनीतिक दल र तिनका नेता वा ठूलाठूला व्यापारीको खुट्टामा नाक रगड्नेहरूले लेखेका समाचार पढ्नुभएकै होला।

त्यस्ता पत्रकारले लेखेका समाचारमा वस्तुनिष्ठता कम र भक्तिभाव ज्यादा भएको तपाईंले नै अनुभव गर्नुभएकै कुरा हो। त्यसैले अरु पेसामा पनि नाकको आ–आफ्नै शान शौकत होलान् नै, पत्रकारलाई यस्तो अझ बढी आवश्यकता हुन्छ।

शरीर विज्ञानले के भन्छ भने कुनै पनि वस्तुलाई साह्रै नजिकबाट हेर्न खोजियो भने वस्तु प्रष्ट चिनिँदैन। त्यसलाई प्रष्ट चिन्नका लागि थोरै दुरी राख्नैपर्छ।

त्यसो हुँदा मात्रै हेर्न खोजिएको वस्तुलाई राम्ररी नियाल्न र चिन्न सकिन्छ। नपत्याए तपाईंको हातको कुनै एक औंला उठाउनुस् र दुवै आँखा वा एउटा कुनै आँखाको एकदमै नजिक लिएर जानुहोस्। त्यो औंला नै देखिन्छ कि अरु कुनै कुरा जस्तो देखिन्छ? बस्, पत्रकारलाई नाकले कुनै पनि समाचारयोग्य कुनै पनि वस्तु, व्यक्ति वा विषयको एकदमै नजिक पुग्नबाट जोगाउँछ वा रोक्छ।

नाकको उचाइ होचो नै किन नहोस्, आँखाभन्दा पहिला नाक आउँछ आउँछ। यसको अर्थ हो, अति निकटताका कारण वस्तु वा विषय चिन्न नसक्ने अवस्थाबाट नाकले पत्रकारलाई जोगाउँछ। पत्रकारलाई मात्र होइन, अरुलाई पनि जोगाउँछ। ढंगले हेर्ने नहेर्ने वा नाकको प्रयोग गर्ने नगर्ने भन्ने कुरा चाहिँ व्यक्तिमै निर्भर रहने कुरा भयो। शरीर विज्ञानकै सहारा लिएर भनौं, नाकले कुनै पनि वस्तु दायाँतिर छ वा बायाँतिर छ भन्ने नाप्न सघाउँछ। आँखाहरूको बीचमा नाक हुनुको फाइदा पनि हो यो।

माथि उल्लेख गरिएका केही विशिष्ट कारणले गर्दा पत्रकारका लागि नाक महत्वपूर्ण छ। अब सोचौं, कुनै पत्रकारको नाकै भाँचियो वा काटियो भने के हुन्छ?

नाकको महिमा बुझेरै हुनुपर्छ, घरीघरी शासन गर्नेहरू पत्रकारको नाक भाँच्न उद्यत हुन्छ। पत्रकारको नाकको हड्डी भाँच्न जग्गै बेच्न तयार एक जनप्रतिनिधिको चर्चामा रहेको धम्कीपूर्ण अभिव्यक्ति त्यसैको नमुना हो।

एउटा सिद्ध तथ्य के हो भने पत्रकारको कलम भाँचेर उसले लेख्नरबोल्न छोड्दैन। एक असल पत्रकारमा कुनै पनि बेला विद्रोह गर्ने सामथ्र्य हुन्छ। लोकतन्त्रमा पत्रकारको कलम भाँचेर वा उसको ल्यापटप फुटाएर पत्रकारलाई रोक्न किमार्थ सकिँदैन।

समय बदलिइसकेको छ। त्यसैले यदि कुनै पत्रकारले कसैलाई बसिखान दिएको छैन भने सिधा उसको नाकमा प्रहार गर्नुपर्छ, काट्नपर्छ वा भाँच्नपर्छ। अझै मुक्काबाजीको भाषामा भन्ने हो भने त्यस्तो नाकलाई सम्याइदिनुपर्छ। निब नभएको कलम, विष नभएको सर्प र नाक नभएको पत्रकारको कुनै काम हुँदैन।

नाकको यही महिमा बुझेरै हुनुपर्छ, घरीघरी शासन गर्नेहरू पत्रकारको नाक भाँच्न उद्यत हुन्छ। पत्रकारको नाकको हड्डी भाँच्न जग्गै बेच्न तयार एक जनप्रतिनिधिको चर्चामा रहेको धम्कीपूर्ण अभिव्यक्ति त्यसैको नमुना हो।

नाकको यति महिमा गानको अर्थ चाहिँ नाककै महिमागान मात्रै हो, नाक भाँच्छु भन्ने महानुभावको हिम्मतको बखान गर्न वा भाँच्न योग्य नाकधनी पत्रकारको बचाउ भने पटक्कै होइन। म त भन्छु, विकास गर्नअघि बढेकालाई कानुन, विधि, नैतिकता र सुशासन सिकाउन आउने नाथे पत्रकार त के, पशुपतिनाथ नै प्रकट भए भने पनि नाक भाँचिदिनुपर्छ।नेपाल लाईभबाट साभार

Leave a Reply

Your email address will not be published.