आगलागिबाट जोशी हाईड्रोपावरमा पाँच करोडको क्षती

आगलागिबाट जोशी हाईड्रोपावरमा पाँच करोडको क्षती


फिक्कल :
इलामको पुवाखोला स्थित जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई आगलागी हुदाँ पाँच करोड बढीको क्षती भउको छ ।
मंगलबार साझ भएको आगलागिबाट हाईड्रोपावरमा रहेको जेनेटर पुर्ण रुपमा जलेर नष्ट हुँदा पाँच करोड बराबरको क्षेति भएको हो । आगो नेपाल प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

गोलीया सहितको ट्रक र चालक प्रहरी नियन्त्रणमा

इलामको रोङ गाउँपालिका ४ स्थित मेची राजमार्गबाट गोलीया सहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाम बाट झापा तर्फ जादै गरेको मे १ ख १८६५ नंम्बरको ट्रकलाई चेकजाच गर्ने क्रममा गोलिया (काठ) सम्बन्धीको कागजात नभएकोले आवश्यक कार्वाहीको लागि काठ, गाडी तथा चालक फिदिम नगरपालिका ८ अमृत श्रेष्ठलाई प्रहरीले रोङ सव डिभिजन बन कार्यालय इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।