पूर्वबाट नेपालमा मनसुन प्रवेश गर्दै

Hot News सूचना प्रविधि

काठमाडौँ: देशभरको मौसम आज बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभावका तथा पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताए । केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको हो । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।

बुधबार बेलुका या बिहीबारसम्ममा पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । आफूहरुले अनुगमन गरिरहेको र केही मनसुनी गतिविधि देखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.