बर्षा कम भए पछि इलाममा बिद्युत उत्पादन घट्यो

Special News Trending सूचना प्रविधि

प्रेम अधिकारी , पशुपतिनगर (इलाम)
बर्षा कम भए पछि खोलामा पानीको सतह कम हुँदा इलाम जिल्लाका बिभिन्न स्थानमा बिद्युत उत्पादन गर्दै आएका हाईड्रो पावरमा बिद्युत उत्पादन क्षमता घटेको छ । बिद्युत आयोजना संचालन गरिएका खोलामा पानीको सतह कम भए पछी हाईड्रो पावरले क्षमता भन्दा कम मात्र बिद्युत उत्पादन गर्न थालेका हुँन । माई नगरपालिकामा रहेको सानिमा माई हाईड्रो पावर कम्पनीले अहिले ९ मेघावाट मात्र बिद्युत उत्पादन गरिरहेको जनाएको छ । २२ मेघावाट क्षमता सानिमा र ७ मेघावट क्यासकेड गरी जम्म २९ मेघावटको उक्त हाईड्रो पावरले बर्षा कम भएर खोलामा पानी नभए पछि उत्पादन क्षमता समेत घटेको जनाएको हो । हाईड्रो पावरका प्रवन्धक देवराज गुराँगाईले बर्षा कम भए पछि खोलामा पानीको सतह समेत अत्यान्तै न्यून हुँदा हाईड्रो पावरको मेसीन समेत चल्न नसक्ने अवस्थामा पुगेको बताउनु भयो ।उहाले भन्नु भयो खोलामा पानी नभए पछि वान थड्र मात्र बिद्युत उत्पादन गर्न बाध्य छौ, कम्पनी घाटामा जान थालिसक्यो ।’
इलामकै पुवाखोला जलबिद्युत आयोजनामा समेत बिद्युत उत्पादनमा कमी आएको छ । बर्षा कम भएका कारण खोलामा पानी कम हुँदा गत बर्षको तुलनामा २० प्रतिशत बिद्युत उत्पादन क्षमता घटेको आयोजनाका कार्यकारी निर्देशक मधुकर श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसर ४ मेघावट क्षमताको उक्त बिद्युत उत्पादन केन्द्रले ७७ देख ८० प्रतिशत मात्र बिद्युत उत्पादन गरिरहेको छ । इलाममा संचालित अन्य बिद्युत आयोजनाको पनि अवस्था उस्तै रहेको छ । बर्षा कम भएका कारण खोला खोल्सामा पानीको मुल फुटन सकेको छैन । इलामको माईखोला , जोगमाईखोला , देउमाईखोला र पुवामाई खोलामा बिगत बर्षको तुलनामा पानीको मात्र कमै मात्र छ ।

Leave a Reply

Your email address will not be published.