आज पनि देशभर मौसम सक्रिय रहने, पूर्व र मध्य नेपाल सचेत रहनुपर्ने

Special News Trending सूचना प्रविधि


काठमाडौं: शनिबार देशभरका मौसम सक्रिय रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पूर्व र मध्य नेपालमा भारी वर्षाको सम्भावना रहेको हो । साथै महाशाखाले शनिबार देशभरी नै वर्षा जारी रहने सम्भावना जनाएको छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू(भागका केहि स्थानहरुमा र पश्चिमी भू(भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन भनिएको छ।

अर्को तर्फ सप्तकोशीले शनिबार विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ । विगत केहीदिनदेखिको अविरल बर्षाका कारण विभिन्न नदीहरुमा जलसतहले सतर्कता तह पार गर्ने क्रम जारी छ । यसै सन्दर्भमा शनिबार सप्तकोशीमा पनि चेतावनी सूचक घण्टी बजाईएको बाढी सूचना केन्द्रले जनाएको छ ।

केन्द्रले पानीको बहाब अझै बढ्न सक्ने भन्दै सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन भनेको छ । त्यस्तै, कमला नदीप्रभावित क्षेत्र धनुषा ( तित्तरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनेहरुलाई शनिबार दिनभर आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान पनि बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.