संचारकर्मी लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Special News Trending सूचना प्रविधि

काठमाडौं: संचारकर्मी रवि लामिछाने सहित पक्राउ परेका तीन जनालाई ५ दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए ।भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.