सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुचारु, जहाज भने रित्तै फर्कियो

Mukya Samachar Special News Trending सूचना प्रविधि


ताप्लेजुङ : गत असार ४ गतेबाट अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान सुरु भएको छ । तीन महिनापछि नेपाल वायुसेवा निगमको जहाजले विहिवार देखि उडान थालेको हो । मौसमका कारण यो अवधिमा उडान हुन सकेको थिएन। बिहीबार काठमाडौंबाट तीन बालबालिकासहित नौ जना यात्रु लिएर गएको जहाज ताप्लेजुङवाट रित्तै फर्किएको छ। हिजो गर्ने भनिएको उडान मौसमका कारण नभएपछि यात्रुहरु नभएका हुन्। काठमाडौबवाट भने दसैंसम्मका लागि यात्रुले अग्रीम टिकट लिएका छन्। मौसम र जहाजमा समस्या नभए साताको तीन दिन शनिवार, सोमबार र बुधवार नियमित उडान गर्ने निगमका ताप्लेजुङ इञ्चार्ज राजु कार्कीले बताए। ताप्लेजुङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको गृह जिल्लापनि हो। भट्टराईका स्वकिय सचिव प्रेम गुरागाइँले निगमका बिग्रिएका जहाज बनिएपछि सातामा पाँच उडान गर्ने बताए। फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.