चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राईलाई ‘इन्टेग्रीटी आइकन अवार्ड’

Special News Trending सूचना प्रविधि

इलाम : राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला प्रदान गर्नका निम्ती एक मात्र प्रतियोगिता इन्टेग्रीटी आइकन नेपालको छैटौ संस्करणको उपाधी चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले पाएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा भएको अवार्डमा अन्य ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधी पाएका हुन । अवार्डको शिर्ष ५ मा राईसंगै वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा काठमाण्डौका शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाध्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभाग काठमाण्डौका खाध्य अनुसन्धान अधिकृत इश्वरी सुवेदी, भानुभक्त माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्यप्रभा देवकोटा परेकी थिइन् । यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टा छुट्टै उपाधिबाट सम्मान गरिएको छ । जसअनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई लाई ‘इन्टेग्रीटी विथ एक्सन अवार्ड’ बाट सम्मान गरियो ।
‘इन्टेग्रिटी आइडल २०१९’ को उपाधि पाउन सफल राईले कार्यक्षेत्रमा खटिँदा त्यहाँको भौगोलिक, सांस्कृतिक, र्आिथक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहीको हितमा काम काम गर्ने गरेको र जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गरेको आयोजक संस्था एकाउन्टेबिलिटी ल्याबले जनाएको छ ।
विजेता राईले अबका दिनमा अझ जिम्वेवार रुपमा नागरिकको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रक्रियापश्चात विभिन्न मापदण्डका आधारमा प्रतिस्पर्धीमध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टेग्रिटी आइडल २०१९’ मा यस २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुल्ला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट ११०० वटा मनोनयन प्राप्त भएको थियो ।

जिल्ला अस्पताल मुगुका सिनियर अ।न।मी। पुण्यप्रभा देवकोटालाई ‘इन्टेग्रिटी विथ कम्प्यासन अवार्ड’, श्री भानु माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरैलाई ‘इन्टेग्रिटी विथ इन्स्पिरेसन अवार्ड’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीलाई ‘इन्टेग्रीटी विथ इनोभेसन अवार्ड’ र वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्रलाई ‘इन्टेग्रिटी विथ करेज’ अवार्डबाट सम्मान गरिएको थियो । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टेग्रिटी आइडल २०१९’ मा यस २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुल्ला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट ११०० वटा मनोनयन प्राप्त भएको थियो ।
अनलाईन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्टेग्रिटी आइकनले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गरेको थियो । अन्तिम पाँच मध्ये एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मतका आधारमा निर्णायक समितिको इन्टेग्रीटी आइकन नेपाल २०१९ को छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published.