करोडौ सकियो सडकको अवस्था जस्ताको त्यस्तै

करोडौ सकियो सडकको अवस्था जस्ताको त्यस्तै

इलाम:
साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग स्थित इलाम राजदुवाली खण्डको सडक भासीने क्रम अझै रोकिएको छैन । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासीएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासीने क्रम रोकिएको छैन ।
निर्माण व्यवसायि स्व्च्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारीत रक एन्करिङ विधिबाट सडक मर्मत गरेको तर सबै नरोकिए पनि केही हद सम्म भासीन कम भएका डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झा को भनाइ छ ।
डिभिजन सडक कार्यालयले भासीएका सडक पुन मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासीएको १२ किलोमिटर सडक खण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान राखेको छ ।
कार्यालयले गरेको अध्ययन अनुसार दश वर्षमा तीन मीटर सडक भासीएको देखिएको छ । सडक मर्मत पछि भासीएको तीन स्थान मध्ये दुइ स्थानमा समस्या नदेखिएको जनाएको छ । माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ ठाउँमा सडक भासिएकाले सबारी चालक तथा यात्रुलाई सडक पार गर्न समस्या रहेको छ ।

सडक थाम्न एङ्करिङ

बारम्बार सडक भासीएपछि राजदुवालीे एङ्करिङ अर्थात रड र सिमेण्टको घोला प्वालबाट पठाएर जमिनमुनी पक्की बनाउने काम गरिएको थियो । बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राबेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले काम सम्पन्न त गर्यो तर पनि सडकको अवस्था झन कुरुप बन्दै गयो ।
पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची राजमार्गको राजदुवाली खण्डमा एङ्करिङ थरियो । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट राक्ने भनिएको थियो । तर एक वर्ष पनि टिक्न सकेन ।
एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारिन्छ । त्यसका लागि मेशिनले हावाको दबाब पनि दिइन्छ । प्वाल क्लियर भएपछि ३२ एमएमको फलामको चार चार मिटरको रडलाई सकेटको माध्यमबाट जोडदै भित्रसम्म पु¥याइन्छ । त्यसपछि हावाकै दबावमा सिमेण्टको घोला र केमिकल फलामको पाइपमार्फत नै पठाइन्छ ।
भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएपछि त्यसलाई बाहिरको प्वालसम्म जमाइन्छ । त्यस्तो काम जम्मा १८२ वटा प्वालमा गरिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीका डाइरेक्टर भीम गजुरेलले बताए । एङ्करिङका लागि कम्पनीले भारतको लुदियानाबाट ३२ एमएमको रड ल्याएको थियो । सन्दकपुर अनलाईन