पत्रकार सुजन तिमसिना काठमाडौंमा सम्मानित

Special News Trending समाज सूचना प्रविधि


काठमाडौँ : इलामका सक्रिय पत्रकार सुजन तिमसिना काठमाडौँमा सम्मानित भएका छन् । संचार क्षेत्रमा सक्रिय रहेर समाजमा योगदान गरेकोमा कदर गर्दै तिमसिना समाज केन्द्रिय समितिले सम्मान गरेको हो । सनिवार बल्खुमा आयोजित एक कार्यक्रमका बिच पत्रकार तिमसिनालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमसिनाले सम्मानपत्रद्धारा सम्मनीत गरेका थिए ।

इलामबाट नेपालटेलिभिनमा काम गर्दै आएका पत्रकार तिमसिना इलामको सूर्योदय नगरपालिका १० बाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकलसन्देश डट कमका प्रधानसम्पादक हुन् । टेलिभिजन पत्रकारीतामा सक्रिय रहेका तिमिसिना वृत्तचित्रका निर्देशक पनि हुन् ।

राजनीति, विकास र पर्यटनमा कलम चलाउने तिमसिना नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत हुन् । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमसिनाले समाजको परिवर्तन र विकासका लागि साहित्य, पत्रकारीता क्षेत्रको ठुलो योगदान रहेकाले पत्रकारीता क्षेत्र अझ संसक्त भएर अघि बढ्नुपर्ने बताए । यस अघि शनिबारै सूर्योदय नगरपालिका ३ मा रहेको लक्की डेरीले समेत पत्रकार तिमसीनालाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.