इलाम: नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नागरिक अधिकार स्थापीत गर्न पत्रकारह? अग्रसर हुनु पर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाको १५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले नागरिक स्थापित गर्ने तर्फ पत्रकारको कलम चल्नु पर्ने बताउनु भएको हो । अध्यक्ष आचार्यले कुनै पनि नागरिक सूचनाको हकबाट बञ्चित हुन नहुने बताउदै नागरिकले सहि सूचनाको हक प्राप्त गरेमा नागरिक अधिकार आफै स्थापित हुने बताउनु भयो । उहाले देश संघीयतामा गएर तीन तहका सरकार संचालनमा आए जस्तै नेपाल पत्रकार महासंघ पनि संघीयताको अध्यासमा रहेको बताउनु भयो ।

अध्यक्ष आचार्यले सरकारले संचारमाध्यमलाई एकै प्रकारले बर्गीकरण गरेका कारण साना संचार संस्था अप्ठयारोमा रहेको बताउनु भयो । उहाले सरकारले संचार माध्यमको बर्गीकरण गर्दा क्षमताका आधारमा बर्गीकरण गर्नु पर्ने बताउनु भयो । अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघ पत्रकारह?को हकहित र ब्यवसायीकरणका लागि निरन्तर लडिरहेको बताउनु भयो । कार्यक्रममा प्रदेश १ का सांसद काजीमान कागतेले पत्रकारह?ले समाचार लेख्दा आफु स्पष्ट भएर लेख्नु पर्ने बताउनु भयो । उहाले कतिपय बिषयबस्तु नबुझी लेख्दा समस्या हुने गरेको बताउनु भयो । उहाले पत्रकारह?का लागि आफु सधै सहयोगी बन्नु प्रतिबघता जनाउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले सरकारले पत्रकार र संचार माध्यमलाई बारम्बार अंकुल लगाउने काम गरिरहेको टिप्पणी गर्नु भयो । उपाध्यक्ष पोखरेलले सरकारले मिडिया काउन्सील जस्ता कुरामा पत्रकालाई अंकुस लगाउने काम गरे पनि पत्रकार महासंघ त्यसको खवरदारीमा रहेको बताउनु भयो । यस्तै कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष राजेस मिश्रले महासंघको केन्द्र देखि जिल्ला शाखा सम्मलाई आर्थिक मितब्यीतामा लैजाने अभ्यास गराई रहेको जानकारी दिनु भयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगुले स्थानीय स्तरमा संचालित संचार माध्यमको बिकासमा पत्रकार महासंघ लाग्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष बिक्रम लुईटेलले पत्रकार महासंघ एक नम्बर प्रदेशले शुद्धीकरणको थालनी गरेको बताउनु भयो । उहाले पत्रकार महासंघलाई शुद्ध पत्रकारह?को संस्था बनाउनका लागि प्रदेश लागि परेको बताउनु भयो । अध्यक्ष लुईटेलले एक नम्बर प्रदेश सरकारको सहयोगमा बिभिन्न जिल्लामा महासंको भवन बनाउने काम भैरहेको जानकारी दिनु भयो । अध्यक्ष लुईटेलले धेरै जसो स्थानीयतहले थोरै कामको लोभ देखाएर समाचार किल गरिरहेको बताउनु भयो । उहाले भन्नु भयो ‘ हाम्रै प्रदेशमा यस्ता पनि स्थानीय तह भेटीयो संचार माध्यमले कार्यक्रम गर्न आर्थिक सहयोग माग्न जादा रेडियो नै दाम गरेर किन्ने पनि छन, यसले राम्रो गर्दैन ।’ कार्यक्रममा शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पत्रकारले स्थानीय स्तरका समस्या स्पष्ट ?पमा उजागर गर्न सक्नु पर्ने बताउनु भयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारितामा देखिएका बिकृति अन्त्य गर्न महासंघले पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपाका कार्यालय सचिव नवराज शंकरले पत्रकारिताको बिकासले समाज सुधारमा सकारात्मक काम भैरहेको बताउनु भयो । उहाले समावेसी भएर काम गर्न महासंघलाई सुझाव दिनु भयो ।
कार्यक्रममा इलामका सहयक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल, , मानवअधिकार मंच इलामका अध्यक्ष मोहनसिंह थेवे, पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली , पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगाना, इलाम जिल्ला शाखा पूर्व अध्यक्ष रोहितचन्द्र भट्टराई, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बिप्लब भट्टराई, पत्रकार महासंघ इलाम शाखा उपाध्यक्ष सुजन तिम्सीना लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकार महासंघ कलमजिवी पत्रकारह?को संस्था बन्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रम इलाम शाखाकी अध्यक्ष कोकिला ढकालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गोविन्द आचायको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । १३९ जना सदस्य रहेको महासंघको १५ औं साधारण सभामा न्यूनमात्र सदस्यको उपस्थिती रहेको थियो ।
दुई जना सम्मानीत

महासंघको १५ औं साधारण सभाले आर्थिक प्रतिवेदन संसोधन सहित पारित गर्ने निर्णय गरेको छ । उक्त अवसरमा पत्रकार योगेन्द्र शंकरलाई कोषाध्यक्षको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ । सोही अवसरमा महासंघका पूर्व अध्यक्षद्धय सोमनाथ सुसेली र उमेश गु?ङलाई सम्मान समेत गरिएको थियो ।
राहत कोष स्थापना
शनिबार इलाममा सम्पन्न नेपाल पत्रकार महासंघ इलाम शाखाको १५ औं साधारणसभाले आपत कालीन राहत कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७६ संसोधनसहित पारित गरेसँगै पत्रकारले राहत पाउने भएका हुन ।नेपाल पत्रकार महासंघ इलामको मातहतमा रहने गरी आपतकालीन राहत कोष स्थापना भएको छ । कार्यविधि पारित भएसँगै आपतकालीन राहत कोष संचालनको बाटोफ खुलेको छ ।
नेपाल पत्रकार महासंघको साधारण सदस्य भई पत्रकारितानका क्षेत्रमा क्रियाशील रहँदा कुनै दुर्घटनमा परी गम्भीर चोटपटक परी अस्पतालमा लैजानु परेका, अंगभंग भएमा वा कडा किसिमको रोगको उपचार गर्नुपरेमा, दर्घटनाका कारण नीजको मृत्यू भएमा, बाढी पहिरोले घरमा क्षति पुगेमा पत्रकारह?लाई आर्थिक सहायता गरिने भएको छ । सवारी वा अन्य कारणले दुर्घटनाका कारण मृत्यू भएमा १० हजार, दुर्घटनामा परी दीर्घ ?पमा अपाङ्ग हुने अवस्था सिर्जना भएमा १० हजार, आगलागी, बाढीपहिरो, हुरीवतासका कारण पत्रकारको नीजि घरमा क्षति पुगेमा ५ हजार, कडा किसिमको दीर्घ रोगको उपचार गराउनुपर्ने भएमा ५ हजार सम्म उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।