पत्रकार महासंघका केन्द्रीय अध्यक्ष सहितको टोली र सूर्योदय नगरपालिकाका प्रमुख राई बिच संचार र पर्यटन प्रर्वधनका बिषयमा छलफल

Breaking News Special News Trending पर्यटन सूचना प्रविधि

फिक्कल :
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष सहितको पत्रकारको टोली र पर्यटकीय नगरी सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बिच संचार र पर्यटन प्रर्वधनका बिषयमा छलफल भएको छ ।
आईतबार सूर्योदय नगरपालिकामा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य सहितको पत्रकार महासंघको टोलीले नगर प्रमुख राईलाई भेट गर्दे नगरमा रहेका संचार संस्था र नगरको पर्यटन प्रर्वधनका बिषयमा छलफल भएको हो ।
महासंघको टोलीलाई आफनो नगरको बारेमा जानकारी गराउदै नगरप्रमुख राईले पर्यटकीय नगरीको प्रचार प्रसार र प्रर्वधनमा स्थानीय संचार माध्यम र संचारकर्मीको ठूलो भूमीका रहेको जानकारी दिनु भयो । नगर प्रमुख राईले भारत , भुटान र बंगलादेशका पर्यटक एकै दिनमा सूर्योदय नगर आईपुग्ने भएकाले यस्ता पर्यटकको सूर्योदय नगरमै बसाई लम्ब्याउने गरीका काम भैरहेको बताउनु भयो । उहाले भन्नु भयो ‘ यो नगर पूर्वको पर्यटकीय सिमावर्ती ढोका हो, यसलाई बिकास गर्न हामी लागि परेका छौ ।’ नगर प्रमुख राईलाई केन्द्रीय अध्यक्ष आचार्यले संचार जगत र स्थानीय सरकार एक अर्कामा समन्वय गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले नगर प्रमुख राईलाई कन्यमा अन्तु आएका पर्यटक घुमेर बास बस्न भारतको दार्जिलिङ लगायतका स्थानमा जान गरेकाले दिन भर अन्यत्र डुलेर रात बस्न इलाम नै फर्कने बातावारण बनाउन सुझाव दिनु भयो । अध्यक्ष लुईटेलले श्री अन्तुमा सय जना बढी बसेर कार्यक्रम गर्ने हल आवश्यक रहेको औल्याउनु भयो । अध्यक्ष लुईटेलले पर्यटकीय क्षेत्र श्री अन्तुका होटल र होमस्टेलाई करको दायरामा ल्याउनु पर्ने सुझाव समेत दिनु भयो ।
सोही अवसरमा नगर प्रमुख राईले प्रदेश १ का पहाडी जिल्लाकै सबै भन्दा ठूलो नगरपालिका भएकाले सबै कुरा ब्यवस्थित गर्दै लैजाने बताउनु भयो । उहाले जिल्लाकै बढी चिया उत्पादन गरी चियाको राजधानीको रुपमा चिनीएको सूर्योदयन गरको थप प्रचार प्रसारमा सहयोग गर्न उक्त टोलीलाई आग्रह गर्नु भयो । उहाले आगामी १४ गते देखि पर्यटन प्रर्वधन गर्न र भ्रमण बर्ष २०२० सफल पार्न प्रथम सूर्योदय पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिनु भयो । नगर प्रमुख राईले आगामी दिनमा पत्रकार महासंघ र स्थानीय संचारकर्मी संग हातेमालो गरेर अगाडी बढने प्रतिवद्धता जनाउनु भयो ।


उक्त भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष आचार्य सहित पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, केन्द्रीय कोषध्यक्ष राजेश मिश्र, महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल , इलाम जिल्ला उपाध्यक्ष सुजना तिम्सीना , जिल्ला कार्य समिति सदस्य नविन ढकाल , पत्रकार प्रेम अधिकारी , बिनु खड्का र शसांक पौडेल लगायतको सहभागीता रहेको थियो । उक्त भेटघाटमा सूर्योदय नगरपालिकाका वडाध्यक्षद्धय होम कार्की , डोलेन्द्र भारध्वज र प्यावस्न प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठको समेत सहभागतीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.