सूर्योदय नगरपालिकामा टोल-फ्रिबाटै पर्यटकलाई सुविधा

Breaking News Mukya Samachar Special News Trending पर्यटन प्रमोसन सूचना प्रविधि

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

प्रदेश १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले पर्यटकको चाप बढे संगै पर्यटकलाई टोल फ्रिबाट सुविधा उपलब्ध गराउन थालेको छ । टाढाबाट आएका पर्यटक कन्याम , अन्तु जस्ता स्थानमा आएर बास बस्ने स्थान नभएर अलपत्र पर्न थालेपछि नगरले टोल फ्रि मार्फत सेवा उपलब्ध गराउन थालेको हो । आन्तरिक तथा वाहय पर्यटकको बसाई तथा यातायत क्षेत्रलाई सहज बनाउन नगरले २४ सै घण्टा टोल फ्रि मार्फत सेवा दिन थालेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । पाँच लाख पर्यटकको आवातजावत गराउने गरी मंसिर १४ गते देखि सूर्योदय नगरपालिकाले आयोजना गरेको पर्यटन महोत्सवलाई मध्यनजर गरी १६६०२७५२२२२ मार्फत सेवा दिने भएको छ ।


नगर प्रमुख राईले भन्नु भयो ‘ हाम्रो नगरमा आएका कोही पर्यटक पनि अलपत्र नप?न भनेर यो सेवा थालेका हौ ।’ महोत्सव अवधिमा कोहि पर्यटकले बस्ने , खाने स्थान नपाएमा उक्त टोल फ्रि नम्बरमा जानकारी गराए पछि नगरले तु?न्तै होटल ब्वयसायी संग समन्वय गरी पर्यटकलाई बस्ने ब्यवस्था गरिने भएको छ । नगरले टोल फ्रि मार्फत सेवा दिन होटल ब्यवसायी र यातायत ब्यवसायी संग समन्वय गरेको छ । नगरका पर्यटकीय क्षेत्रमा उक्त टोल फ्रि नम्बर राखीएको छ । पर्यटकले उक्त नम्बरमा निशुल्क कल गरेपछि नगरले पर्यटकलाई सेवा सम्बन्धी जानकारी दिने छ ।


नगरले आयोजना गरेको पाँचदिने महोत्सव अवधिभर यातायत क्षेत्र संग समन्वय गरी सबै पर्यटकलाई सहज ?पमा यहाँका पर्यटकीय गन्तब्यमा पु¥याउने ब्यवस्था गरिएको छ । पर्यटकलाई मध्यनजर गरी उक्त अवधिभर नगरक्षेत्रमा भाडादर समेत निर्धारण गरिएको नगर उपप्रमुख दुर्गादेवि भट्टराईले जानकारी दिनु भयो । भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले ४१ लाख ?पियाँ बढी रकम खर्चेर नगरले प्रथम सूर्योदय पर्यटन महोत्सव आयोजना गरेको हो ।


नगरको पर्यटकीय स्थल श्री अन्तु , कन्याम , गोर्खे , फिक्कल , पंचकन्या , करफोक लगायतका छुट्टछुट्टै स्थानमा महोत्सव आयोजना गरिएको छ । फरक फरक स्थानको प्रचार प्रसार गर्ने गरी महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय खानाका परिकारमा रमाउदै , पर्यटकीय स्थल कन्याममा घोडचडी , ट्रेकिङ, गर्दै श्रीअन्तुबाट सूर्योदयको दृश्यवलोकन गर्न सक्ने छन् । पर्यटकले गोर्खेको थुम्केमा रेडपाण्डा हेर्न सक्ने ब्यवस्था गरिएको छ । स्वामीपार्क , पशुपतिनगर , करफोक , फिक्कल पर्यटकका घुमफिरका गन्तब्य रहने छन ।


पर्यटकको बसाई लम्ब्याउन मंसिर १५ गतेबाट नगरकै लगानीमा गोर्खेको थुम्के डाँडामा पर्यटकलाई लैजाने ब्यवस्था गरिएको छ । नगरले पर्यटकका लागि चिया टेस्टीङको समेत ब्यवस्था गरेको छ । महोत्सवको तयारीका लागि बिभिन्न स्थानमा स्वागत द्धार , स्टल बनाउने काम भैरहेको छ । शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले श्री अन्तुमा सूर्य पूजा गरी , करफोकमा महोत्सवको उद्घाटन गरेपछि महोत्सव शु? हुने छ । महोत्सव अवधिभरी बिभिन्न जातजातीका सांस्कृतिक झाकी प्रदर्शन गरिने छ भने पाँचै दिन राष्ट्रिय कलाकारको साथमा संगीतिक कार्यक्रम गरिने वडा नम्बर १० का अध्यक्ष पेमाउगेन लामाले जानकारी दिनु भयो ।यस अघि नै सूर्योदय नगरपालिकालाई प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरिसकेको छ ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.