फोटो पत्रकार महाँसंघ पाँचथरको अध्यक्षमा गिरीराज

फोटो पत्रकार महाँसंघ पाँचथरको अध्यक्षमा गिरीराज


पाँचथर: नेपाल फोटो पत्रकार महाँसंघ पाँचथर शाखाको अध्यक्षमा नागरीक दैनीक पाँचथरका स‌ंवाददाता तथा फिदिम टुडेका सम्पादक समेत रहनु भएका गिरीराज बाँस्कोटा चयन भएका छन । मंगलबार पाँचथरको फिदिममा सम्पन्न अधिवेसनले अध्यक्षमा बाँस्कोटालाई चयन गरेको हो । नौ सदसस्यीय समितिको उपाध्यक्षमा सरोज शर्मा, सचिवमा सन्देश सुब्बा, सह–सचिवमा चन्द्रकला नेम्बाङ र कोषाध्यक्षमा जंग तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा नारायण तुम्बापो, भीमकुमार बाँस्कोटा, खबिन लुईंटेल र जीतेन्द्र भण्डारी चयन भएका छन् । सोही भेलाले महासंघको केन्द्रीय प्रतिनिधिमा भीमकुमार बाँस्कोटा र प्रदेश प्रतिनिधिमा गणेश साम्पाङ र नारायण तुम्बापोलाई चयन गरेको छ ।
त्यस्तै भेलाले महासंघको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा लवदेव ढुंगाना, लक्ष्मी गौतम, बिपेन्द्र गौतम, बिजयबोध लाओती र भवानी तावा रहेका छन् । महासंघको आगामी तीन महिनाभित्रमा जिल्ला अधिवेशन सम्पन्न गरिने नव गठित समितिका अध्यक्ष बाँस्कोटाले बताए ।
कार्यसमिति पदाधिकारी सदस्यहरुलाई नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लवदेव ढुंगानाले बधाई तथा शुभकामना दिएका थिए ।