मौसमले अझै सताउने …

Breaking News Hot News Special News Trending सूचना प्रविधि

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मौसमले दुःख दिने बताएको छ । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको भन्दै विभागले मौसममा सुधार हुन केही दिन लाग्ने बताएको हो ।

काठमाडौं उपत्यकामा बिहानैेदेखि चिसो रहेको छ । घाम झुल्किन सकेको छैन । हाल देशको अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ । विभागले केहि उच्च पहाडी सहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेकाले उच्च पहाडी सहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू९भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भूभागको र १ –२ स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भूभागहरुमा हल्का हिमपात हुने संभावना छ।

सोमबारको पूर्वानुमान :
दिउँसो– देशको पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राती– देशको पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबारको पूर्वानुमान:

दिउँसो–देशको केहि पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राती– देशको केहि पहाडी भूभागमा आंशिक बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ। हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.