फोटो पत्रकार महासंघ इलामको अध्यक्षमा राजेश

Breaking News Special News Trending सूचना प्रविधि

इलाम : फोटो पत्रकार महासंघ इलामको अध्यक्षमा राजेश पराजुली चयन हुनु भएको छ । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्ष सहित सवै पदाधिकारी सर्वसहमत चयन गरिएको हो । समितिको उपाध्यक्षमा हरि गुरुङ, सचिव गोपाल दाहाल, कोषाध्यक्ष प्रदिप खड्का र सचिवमा सुनिता राई चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा टीका खतिवडा, सविता पाण्डे, किरण पौडेल, बिनय तिमल्सिना, कृष्ण पाठक र प्रज्वल भट्टराई चयन हुनु भएको छ । त्यस्तै महाधिवेशन केन्द्रिय प्रतिनिधिमा सुदिप श्रेष्ठ चयन हुनु भएको छ भने प्रदेश प्रतिनिधिमा नमिन ढकाल चयन हुनु भएको छ । यस अगाडी रहेको तदर्थ समितिलाई बिगठन गर्दै नयाँ समिति गठन गरिएको हो ।
अब बनेको नयाँ कार्य समितिलाई जुझारु र ससक्त बनाउने साथै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत आफुहरुले फोटोको माध्यमबाट रचानाम्क सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष पराजुलीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published.