दलित पत्रकार संघ इलामको अध्यक्षमा बलराम बराईली

Mukya Samachar सूचना प्रविधि

इलाम : राष्ट्रिय दलित पत्रकार संघ, नेपालको इलाम जिल्ला भेला आज सम्पन्न भएको छ । पत्रकार बलराम बराइलीलाई जिल्ला अध्यक्षमा चयन गर्दै दलित पत्रकारहरुको भेलाले सम्पन्न भएको हो । बराइली नेपाल पत्रकार महासंघ इलाम शाखाका सह सचिव हुन् ।
संघको जिल्ला उपाध्यक्षमा योगेन्द्र संकर, सचिवमा बिक्रम सुन्दास, सह सचिवमा सुरेश पोर्तेल, कोषाध्यक्षमा तारा खाती चयन भएका छन् । यस्तै संघको जिल्ला सदस्यहरुमा सुमन दियाली, सरोज विश्वाकर्मा, सुमन लुहागुन, सुवास लकान्द्रि रहेका छन् । भेलाले सल्लाहकार समितिको संयोजकमा देवेन्द्र विश्वाकर्मा
सदस्यहरुमा कोकिला ढकाल, नवराज शंकर, प्रकाश परियार चयन गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, १ नं प्रदेश समिति सदस्य मनकुमार बराइलीको अध्यक्षता र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष प्रमुख गोपाल बराइली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगुको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.