केशव अर्यालको अध्यक्षतामा ‘प्रेस नेपाल’ घोषणा

Breaking News Hot News Mukya Samachar Special News Trending समाज सूचना प्रविधि


काठमाडौं : समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन प्रेस नेपालको केन्द्रीय समिति घोषणा भएको छ । तत्कालिन संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीचको एकतापछि बनेको नयाँ संगठन ‘प्रेस नेपाल’ घोषणा भएको हो ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

१५ सदस्यीय पदाधपकारी रहेको समितिमा उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ६ र कोषाध्यक्षमा १ जना रहेका छन् ।

समितिका उपाध्यक्षहरुमा आतिसकुमार मिश्र, नातीकाजी महर्जन, कमन देवान, प्रल्हाद पोख्रेल र मनोज ढोडारी रहेका छन् । महासचिवमा विजय चाम्लिङ र उपमहासचिवमा देवेन्द्र खापुङ रहेका छन् । सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्रप्रताप शाही, विदुर ढुङ्गेल र उज्वल पौडेल रहेका छन् । कोषाध्यक्षमा पासाङ शेर्पा छन् ।

सदस्यहरुहरुमा अपरेन्द्र यादव, अशोक गुरुङ, उमेश दुवे, राजिव लामिछाने, राम योङहाङ, फिपराज बेघा, मुकेश यादवलगायत रहेका छन् ।

प्रेस नेपाल एजेणडाको पक्षपाती स् अध्यक्ष अर्याल

नवघोषित प्रेस नेपालका अध्यक्ष केशव अर्यालले पत्रकारहरु पनि एजेण्डाका आधारमा विभाजित भएको बताएका छन् ।

पत्रकारहरु स्वतन्त्र हुने भनिएतापनि एजेणडाको पक्षपाती हुनुपर्ने बताए । उनले प्रेस नेपाल अग्रगमन, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडितहरुको पक्षपाती भएको उल्लेख गरे ।

प्रेस नेपाल राम्रो कार्यको समर्थन गर्दै र नराम्रो कामको भण्डाफोर गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रेस नेपालसहित संघीय कानुन व्यवसायी एसोसिएसन, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्कस फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, नेजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समेत समायोजन घोषणा गरिएको थियो ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, हिसिला यमीलगायत पदाधिकारी तथा तथा केन्दरीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.