सूर्योदयका जनजाति बिद्यार्थीलाई लोकसेवा तयारी कक्षा

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश शिक्षा सूचना प्रविधि

फिक्कल : सूर्योदय नगरपालिका भित्र बसोबास गर्ने आदिवासी जनजाति समुदायबाट निजामति प्रशासनमा सामेल हुन चाहाने विद्यार्थीहरुका लागि लोकसेवा तयारी कक्षा शुरु गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजना र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा शुरु गरिएको हो ।
परिषद्का अध्यक्ष सोनाम यल्मोको अध्यक्षतामा भएको लोकसेवा तयारी कक्षाको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । तयारी कक्षाको उद्घाटन गर्दै प्रमुख राईले तालिम र तयारी कक्षामा सहभागि भएर आत्मविश्वासका साथ सफलतामा पुग्नुपर्नेमा जोड दिनुभयो । आत्मबल बलियो बनाएर सफलताको यात्रामा अघि बढ्नुपर्छ–प्रमुख राईले भन्नुभयो–‘सफलता पाउने दृढ आत्मविश्वासका साथ परीक्षामा सहभागि भयौँ भने एक दिन सफलतामा पुगिन्छ ।’

माघ १५ गतेसम्म आयोजना हुने तयारी कक्षामा सूर्योदय नगरपालिका भित्र बसोबास गर्ने आदिवासी समुदायका ३० जना बढी युवायुवती सहभागि छन् ।तालिमको उद्घाटन सत्रमा प्याब्सन इलामका संस्थापक सदस्य प्रकाश भक्तराज, सूर्योदय नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चा, वडा नम्बर १० का वडाध्यक्ष पेमाउगेन लामा लगायतले सफलताको सुभकामना दिनुभएको थियो । तालिममा सन्तकुमार आङ्दम्बेले सहजिकरण गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.