चुलाचुलीमा घरदैलो कार्यक्रम गरी विद्युत मिटर वितरण

चुलाचुलीमा घरदैलो कार्यक्रम गरी विद्युत मिटर वितरण

चुलाचुली : विद्युतको पहुँचबाट बाहिर रहेको इलामको चुलाचुली गाउँपालिकामा घरदैलो विद्युत मिटर वितरण शिविर सुरु गरिएको छ । स्थानियको मागका आधारमा नेपाल विद्युत प्राधिरकरण इलाम वितरण केन्द्र गाउँपालिकाको वडा नं १ मा २ दिने शिविर संचालनमा ल्याएको हो । प्रदेश साँसद धिरेन्द्र शर्मा रमणको विशेष पहलमा चुलाचुुली गाँउपालिका–१ का १८० घर परिवारका सदस्यहरुलाई मिटर वितरण गरिनेछ ।
वडा नं एक र नेपाल विद्युत प्राधिकरणको समन्वयमा जिल्लामा पहिलो पटक घरदैलो मिटर वितरण गरिएको जनाइएको छ । वितरण केन्द्रका प्रमुख पंकज गोइतका अनुसार सदरमुकामबाट टाढा रहेका उपभोक्ताहरुको सहजताको लागी शिविर संचालन गरिएको हो । पहिलो दिनको कार्यक्रममा प्रदेश साँसद शर्मा, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, वडाध्यक्ष पुर्ण लावती र नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतको उपस्थिती रहेको थियो । मिटर वितरण कार्यक्रम भोली सम्म चल्नेछ ।