इनपाको पाईलट ट्रेनिङ स्कुलको पहल देखि -वन्यजन्तुको उपद्रो नियन्त्रण गर्ने पहल

इनपाको पाईलट ट्रेनिङ स्कुलको पहल देखि -वन्यजन्तुको उपद्रो नियन्त्रण गर्ने पहल

इलाम:इलाम नगरपालिकाको छैटौ नगरसभाले पाईलट ट्रेनिङ स्कुल निमार्ण देखि वन्य जन्तुको उपद्रो नियन्त्रण गर्न पहल गदै ३४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । नगरपालिकाको छैटौँ नगरसभाले इलाम नगरपालिका वार्ड नं। ९ स्थित फाल्गुनन्द सुकिलुम्वा विमानस्थललाई चाडै सञ्चालनमा ल्याउदैँ पर्यटन मन्त्री भट्टराईले इलाममा पाइलट ट्रेनिङ्ग स्कुल स्थापनाका लागि पहल गर्ने आश्वासन दिएपछि आवश्यक प्रक्रिया अगाडि बढाउने नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताए ।
त्यस्तै नगर सभाले नगरपालिकाको विकासकालागि पर्यटकीय नगर घोषणा गर्दै यस अनुरुपका कार्यहरुलाई सम्बोधन गरी सहयोग गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय, बाँदर, बँदेल, मृग, दुम्सी लगायत बन्यजन्तु र मानवको द्वन्द्वलाई व्यवस्थापन र बाँदरलाई व्यवस्थापन गर्न प्रचलित ऐन संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने साथै मानव र बन्यजीवजन्तु बीचको सो द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमार्पmत नै कार्यक्रम अघि बठाउने, माइजोगमाईको दोभानदेखि दोलखा हाइड्रोको इन्टेकको मास्तिर रहेको साँगुरो जग्गामा जलाशय हुने गरी बहुद्देश्यीय बाँध बाँधी विद्युत उत्पादनको लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाई नेपाल सरकार समक्ष अनुरोध, सदरमुकामलाई अन्य पालिकाहरुसँग जोड्ने सडक इलाम बेलासे झापा, इलामबजार माइपोखरी सन्दकपुर सडक, रत्नचोक इन्टेक साङ्गरुम्वा मंगलबारे सडक, सुम्बेक रिब्स सडक, सिंगफ्रिङ्ग नयाबजार सडक, बेनीनगर बज्रदेवी नयाँबजार सडक लगायतका सडक स्तरोन्नति÷कालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग माग गर्ने, बिर्तामोड दानाबारी चिसापानी सोयाक बेलासे हुँदै इलाम ९ भन्ज्याङ्गसम्म र चिसापानीदेखि माईखोलासम्मको छोटो दुरीको राजमार्ग निर्माण गर्न नेपाल सरकार तथा १ नं। प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्क्ता ठाकुरनारायण श्रेष्ठले बताएका छन ।
त्यस्तै इलामको चिया कारखानाका पुरातात्विक महत्वका मेसिन उपकरण अन्यत्र लगी कारखाना भवनकुरुप बनेको भन्दैसंरक्षण तथा सम्वद्र्धनका लागि चिया बगानको जग्गा नगरपालिकालाई हस्तान्तरण गरि दिन समेत अनुरोध गर्ने,वडा नं। १ साखेजुङ्गमा सञ्चालनमा आएको सि।टि।इ।भि।टि।अन्तर्गतको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा भेटेरेनरी साइन्सको कक्षा सञ्चालन भइरहेकोमा सो इन्स्टिच्युटमा नर्सिङ्ग, एच।ए।, वन विज्ञान र इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनका लागी सम्बन्धित निकायमा माग गर्ने, मेची राजमार्गलाई समयानुकूल विस्तार गर्नका लागि २ लेनको सडकको रुपमा विकास गरि दिन संघीय सरकारमा अनुरोध गर्ने लगाएतका ३४ बुँदे प्रस्ताव पारित गर्दे सम्पन्न भएको श्रेष्ठले बताए ।
इलाम नगरपालिकामा शिक्षाको गुणस्तर सुधारको लागि नगरसभाका सदस्य श्यामकमल मुखियाले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल भएको थियो । सो प्रतिवेदनमा नगर सभाका सदस्यहरु डाकप्रसाद दुलाल, सञ्जिब राई, गृष्म सुब्बा, भानु घिमिरे र टंकबहादुर खत्रीले आप्mना धारणाहरु राखेका थिए । प्रतिवेदन माथिको छलफल पश्चात सर्बसम्मतिले सो प्रतिवेदन स्वीकृत भएको छ ।
यस्तै नगरसभाका सदस्य तथा इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्बाङ्गले प्रस्तुत गरेकी विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन २०७६ लाई सर्बसम्मत रुपमा नगरसभाबाट पारित गरिएको छ । यसरी संसोधन पश्चात इलाम नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको छ । सन्दकपुर अनलाईनबाट